झापा । झापाको मेचीनगर नगरपालिका–१५ बाट स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान ११ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीरुलाई रकमसहित पक्राउ गरकेो हो । मेचीनगर नगरपालिका–१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशीको घर कोठा खानतलासी गर्दा प्रहरीले स्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैया र डिजिटल मिनि तराजु २ थान बरामद गरेको हो । प्रहरीले राजबंशी र स्थानिय ४३ बर्षीय मोहमद मोसाद आलमलाई पक्राउ गरिएकोे इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ

