धरानमा साइकिलिङ प्रतियोागिता

धरान । धरान उपमहानगरपालिकाकोे आयोजनामा सोमबार खुल्ला महिला तथा पुरुष साइकिलिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्ध दिवशको अवसरमा सचेतना फैल्याउने उद्देश्यले खुल्ला महिला तथा पुरुष सडक साईक्लिङ्ग प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा पुरुषतर्फ प्रथम किरण लिम्बू प्रथम भएका थिए । यस्तै दोस्रो हुने बविन तामाङ भए भने अनिश तामाङ तेस्रो भएका थिए । यस्तै महिला तर्फ कृति तामाङ प्रथम भइन् भने ईशा तामाङले दोस्रो भइन् । यसैगरी बिविशा चौधरी तेस्रो भइन । प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुने पुरुष तथा महिला विजेताले क्रम नगद १५ हजार, १० हजारा र ५ हजार प्राप्त गरे ।


प्रतियोगीले नगरपालिकाबाट साइकल दौड शुरु गरेका थिए । ७.३ किमीको दूरी रहेको सो प्रतियोगिता कल्याण चोक, बुद्धचोक, गणेशमान चोक हुदै पुन धरान उमनपाको गेट सम्म आएर समापन भएको थियो । प्रतियोगितामा ५० जनाको सहभागि रहेको आयोजकले जनाएको छ । कार्यक्रममा धरान उमनपाका प्रमुख हर्कराज राई, उपप्रमुख आईन्द्र विक्रम बेघाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया