मोरङ । मोरङको धनपालथान गाउँ पालिकाबाट चोरी गर्ने गिरोहलाई ईलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको छ । सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका ५ घर भएको हाल शैलजा आचार्य स्मृति पोलीटेक्निक कलेजमा कृषि तथा भेटनरी सम्वन्धी अध्ययन गर्दै डेरा गरी वस्ने वर्ष २२ को सतिश यादव, जहदा ४ हटोया वस्ने वर्ष १९ को मुकेश महतो लगायतलाई पक्राउ गरेको छ ।
धानपालथान ७ कदमाह घर भएका प्रमानन्द यादव को ८ प १०६६ नम्वरको मोटरसाईकल गत मंगलबार राति घरमा राखिएको अवस्थामा मोटर साईकल चोरी भएको थियो । रंगेली प्रहरीको विशेष टोली तथा स्थानीयको सहयोगमा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका उनीहरुलाई चोरी मुद्दा अन्तर्गत मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपानेले बताउनुभयो ।
