एउटै परिवारका ३ जनाको हत्या, हत्यामा संग्लग्न पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ गोवाटारका एउटै परिवारका ३ जनाको हत्या गरेको  आरोपमा स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
गत सुक्रबार बिहान गोवाटार स्थित वाबिङ खोलामा स्थानिय ३७ बर्षीय राज कुमार बस्नेत, बस्नेतको ३३ बर्षीया श्रीमती सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेत समेत तीनै जनाको धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा मृत लाश फेला परेको थियो ।
घटना घटेपछि प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान थालेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नर बहादुर बस्नेतले घटना घटाएको पत्ता लागेपछि प्रहरीले उनको खोजी कार्यलाई तिब्रता बनाएको थियो ।
फरार राईका बस्नेतलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटेबाट भाग्दै गरेको अवस्थामा प्रक्राउ गरेको प्रहरीेले जनाएका छ । प्रहरीले उनलाई घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतलाई जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला अदालत उदयपुरले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । घट्ना के कारणले घटाएका भन्ने विषयमा छानवन छानविन भइरहेको उदयपुर प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया