धरान/यतिबेला सम्पूर्ण नेपालीहरु शोकमग्न छन् । आफन्त गुमाएकाहरुको आाखा ओभाएको छैन, मुर्छित भएकाहरुको होस खुलेको छैन, बााचेकाहरुको बास उजाडिएको छ, खुल्ला आकाशमुनि भोकभोकै रात काउन बाधय छन्, अशक्त, बृद्धि, बृद्धा, बालबालिका विरामी पर्न थालेका
छन् । हेर्दाहेर्दै खरबौको सम्पत्ति ध्वस्त भएको छ ।
मानवीय नियन्त्रण भन्दा बाहिरको र अनुमान समेत गर्न नसकिने दोस्रो महाविनाशकारी भुकम्पले हजारौ सर्वसाधारणको मृत्यु भएको छ । दोस्रो महाभुकम्पमा परी कतिपयले ज्यान गुमाए, कति सम्पत्तिको क्षति भयो भन्ने सम्बन्धमा यकिन तब्थ्यांक आउन अझ धेरै समय लाग्छ ।
नेपालको इतिहासमा सबैभन्दा विभत्स र विनासकारी वि.सं. १९९० माघ २ गते गएको भुकम्पलाई मानिन्छ । पूर्वी क्षेत्रको संखुवासभा जिल्लाको चैनपुर केन्द्रविन्दु बनाएर गएको वि.सं. १९९० सालको भुकम्प ८.५ रेक्टर स्केलको थियो । त्यसबेला जे जति भौतिक संरचना र मानवीय क्षति भयो त्यो भन्दा ज्यादा क्षति यहाा २०७२ वैसाख १२ गते शनिवार अपरान्ह ११.५६ मा गएको ७.९ रेक्टर स्केलको भुकम्पले क्षति पुर्याएको छ । वि.सं. १९९० सालमा ८ हजार ५ सय १८ जनाले ज्यान गुएमा थिए । जसमा ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ जना महिला थिए । काठमाण्डौका पार्टी पौवा, घर, विद्यालय, देवालय, सार्वजनिक भवन समेत गरी २ लाख सात हजार ४० वटा संरचना भत्केका थिए । भुकम्प मापनका आधारमा शनिवार ११.५६ बजे गएको भुकम्प दोस्रो ठूलो
हो ।
पहिलो ठूलो भुकम्प पूर्वी क्ष्इोत्रलाई केन्द्रविन्दु बनाएर गएको थियो भने दोस्रो ठूलो भुकम्प पश्चिमको गोरखा र लमजुङ्गलाई केन्द्रविन्दु बनाएर गएको थियो । बढ्दै भौतिक संरचनाका कारण दोस्रो भुकम्पबाट कति हताहति भएका छन् भन्ने कुराको यकिन तथ्यांक आउने केही साता लाग्ने गृहमन्त्रालयले जनाएको छ । शनिवार भुकम्प गएपछि हालसम्म १ सयष् ५० पटक भुकम्प गाएको छ । ६.९ देखि ५ रेक्टर स्केलका त्यस्ता भुकम्पबाट पहिलो भुकम्बबाट चर्किएका भौतिक संरचनाहरु पटक पटक गरेर ध्वस्त भएका छन् । यसका अलावाभुकम्प स–साना धक्काहरु कयौ पटक गएका छन् । त्यसलाई गणना गर्नै नसकिने भुगवर्भविद डा. सोमनाथ सापकोटाको कथन छ । शनिवार गएको भुकमपले सबभन्दा धेरै जनधनको क्षति राजधानीमा भएको छ भने सुदुर पश्चिमका जिल्लाहरुमा कम क्षति भएको छ । गोरखा, दादिङ्ग, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर,
रामेछाप, सिन्धुली, दैलेख लगायतका जिल्लाहरु राजधानीपछि सबैभन्दा बढी प्रभावित भएका जिल्लाहरु हुन् । आइतबार अपरान्ह १२.५६ मा गएको ६.७ रेक्टर स्केलको भुकम्पले
राजधानीमा थप विनास निम्त्याउदै पूर्वाञ्चलमा समते नराम्रोसाग प्रभावित पारेको छ । भुकम्पले भारतको विहार, दिल्ली, उत्तर प्रद ेश, पश्चिम बंगाल, सिक्किममा समते प्रभाव पारेको छ । यो विनाशकारी भुकम्पले भारतमा सैयौ सर्वसाधारणको मृत्यु भएको छ भने ऐतिहासिक एवम् प्रख्यात धार्मिक स्थलका भौतिक संरचनाहरुमा नराम्रो क्षति पुगेको छ ।
वि.सृं २००७ साल असोज २ गते सिक्किम र ताप्लेजुङ्गको सीमामा केन्द्र विन्दु बनाएर गएको ६.८ रेक्टरको भुकम्पले पूर्वी नेपालमा भक्षति पुर्याएको थियो, त्यसबेला काठमाण्डौमा भुकम्पको धक्का महसुस भएपनि त्यहाा कुनै मानवीय र भैतिक संरचनामा क्षति पुुगेको थिएन । २०४५ साल भदौ ५ गते विहान गएको भुकम्पले समेत पूर्वाञ्चलमा ठूलो क्षति पुर्याएको थियो भने राजधानीमा सामान्य क्षति मात्र पुगेको थियो । उदयपुरको मुर्कुचिलाई केन्द्रविन्दु बनाएर गएको २०४५ सालको भुकम्प ६.७ रेक्टर स्केलको थियो । सो भुकम्पमा पनि ७ सय ५० जनाले ज्यान गुमाएका थिए भने ६ हजार ५ सय घरहरु ध्वस्त भएका थिए । उक्त भुकम्पले त्यसबेला पूर्वाञ्चलको धरानलाई सबैभन्दा बढी प्र्िरभावित बनाएको थियो ।
यहाा स्मरणीय कुरा के छ भने नेपालमा हालसम्म गएका भुकम्पहरुमध्ये वि.सं. १२१८ सालमा गएको भुकम्पलाई सबैभन्दा बढी विनासकारी मानिन्छ । वि.सं. १२१८ असार शुक्ल तृतीया तिथी सोमबारका दिन भएको ७.७ रक्टर स्केलको भुकम्पमा परी तत्कालीन मल्ल राजा अभय मल्लको निधन भएको थिो भने तत्कालीन अवस्थामा काठमाण्डौका एकतिहाइ जनसंख्या प्रभावित भएका थिए । काठमाण्डौका स्थाीय बासिन्दाले १५ देखि १ महिनासम्म सहर छोडेका थिए । त्यसपछि वि.सं. १३१६ मा गएको भुकम्प पनि विनाशकारी नै रहेको थियो । ६.६ रेक्टर स्केलको उक्त भुकम्पले समेत ठूलो धनजनको क्षति गरेको थियो । यसैगरी वि.सं. १४६५ सालमा आएको ६.३
रेक्टर स्केलको भुकम्पले रातो मच्छिन्द्र नाथको मन्दिर लगायत दर्जनौ
मन्दिरहरुमा असर पुर्याएको थियो । वि.सं. १८९० सालमा आएको ६.५
रेक्टर स्केलको भुमक्पले समेत काठमाण्डौ लगायत अन्य जिल्लामा समेत ठूलो धनजनको क्षति भयो । वि.सं. १८८० सालमा एर्कैदिन १७ पटक भुकम्प गएको थियो ।
वि.सं. १९९० माघ २ गते सोमबार बेलुका करिब ६ बजे गएको महाविनाशकारी भुकम्पले राजधानीमात्रै मुलुकैभरि ठूलो धनजानको क्षति भयो । उक्त भुकम्पले सुनधारास्थित रहेको दुईवटा भीमसेन स्तम्बमध्ये एउटा
पुरै ढल्यो भने अर्को आधामात्र भत्कियो । वि.सं. १९९० असोज १० गते राति पुन: अर्कोे शक्तिशाली भुकम्प गएको थियो । यसैगरी वि.सं. १९९१ सालको असार र असोजमा गरी दुईपटक भुकम्प गएको थियो । ती दुई भुकम्प जाादा
राजधाीमा घनघोर पानी परेको थियो भने बागमतीमा हालसम्मकै सबैभन्दा ठूलो बाढी आएको थियो ।
त्र
