धरान । संगठनमा कुनै प्रकारको पहुँच नभएका, कार्यकर्ताहरुबाट समेत तिरस्कृत तर केन्द्रीय नेतृत्वको चाकडी गरेकै आधारमा पटक पटक समानुपातिक सूचिबाट सांसद बनेका तीन दर्जन भन्दा बढी नेपाली काँगेसका नेताहरु अब समानुपातिक सूचिबाट सांसद बन्न नपाउने भएका छन् ।पार्टीका महामन्त्री गगनकुमार थापाले समानुपातिकतर्फको सिफारिस गर्दा पार्टी विधान बमोजिम यस अघि समानुपातिकबाट सांसद भइसकेकाहरुलाई दोहो¥याउन नसक्ने व्यवस्था गरेकोले पुनः त्यस्ता व्यक्तिलाई सिफारिस नगर्न तल्ला कमिटीहरुलाई पत्राचार गरिसकेका छन् । विधान बमोजिम २०७४ सालमा समानुपातिक बाट सासद बनिसकेकाहरु अब पुन ः दोहोरिने छैनन् । यस्ता समानुपातिक सांसदको संख्या ४० रहेको छ । अब उनीहरुले सांसद बन्न प्रत्यक्ष चुनाव लड्नैपर्ने हुन्छ । पार्टी विधान बमोजिम पुन ः समानुपातिकबाट सांसद प्रवेश गर्न नपाउनेहरुमा वहालवाला गृहमन्त्री बालकृष्ण खाँड, सुजाता जोष्ठ, मिनबहादुर विश्वकर्मा, मानबहादुर विश्वकर्मा, सीतादेवी यादव, सत्यनारायण खनाल, सर्वतारा खान, सुजाता परियार, मोहनप्रसाद पाण्डे, स्मृतिनाराण चौधरी, हिरा गुरुङ्ग, ज्ञानकुमारी छन्त्याल, अवहर कमाल मुसलमान, उषा रेग्मी, उमेश श्रेष्ठ, कर्मा घले, किशोरसिंह राठौर, चित्रलेखा यादव, जिपछिरिङ्ग लामा, डिला संग्रौला, दिलेन्द्रप्रसाद बढु, दिव्यमणि राजभण्डारी, नमिता कुमारी चौधरी, नागेन्द्रकुमार राय, पम्दनारायण चौधरी, पार्वता डिसी चौधरी, पुष्पा भुषाल, प्रकास रसाइली स्नेही, प्रमिला राई, बहादुरसिंह लामा, महेन्द्रकुमार लिम्बु, मिना सुब्बा, मिना पाण्डे, मिनाक्षी झा,
रामबहादुर विष्ट, रंगमति शाही, लक्ष्मी परियार, लालकाजी गुरुङ्ग, विनोद चौधरी, विमला नेपाली रहेका छन् ।
नेपाली काँग्रेसको बन्द सूचिबाट समानुपातिक सांसद बनेका यिनीहरुमध्ये कोही दोहो¥याएर समेत विगतमा संसद प्रवेश गरेका थिए । नेतृत्व रिझाएकै भरमा यी सांसद तथा नेताहरुले कहिल्यै आफ्नो क्षेत्र सुनिश्चित गर्ने जमर्को गरेनन् । न यिनीहरु स्थानीय कार्यकर्ता, पार्टी संगठन र स्थानीय जनताप्रति उत्तरदायी नै बहन गरे ।
