नेपाली काँग्रेसद्वारा विशेष तीजको आयोजना

धरान । नेपाली काँग्रेस धरान उपमहानगर कार्यसमितिको आयोजनामा विगतका बर्षहरुमा झैँ यस बर्ष पनि विशेष तीज कार्यक्रम सम्पन्न भएको छ ।


नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई नेपाली काँग्रेसले आपसी सद्भाव आदान प्रदान गर्ने, राजनैतिक जोड घटाउको मन्थन गर्ने परम्पराको रुपमा अंगाल्दै आएको छ ।
स्थानीय गीता भवनको प्रांगरणमा भएको विशेष तीज कार्यक्रमको प्रमुख अतिथीका रुपमा नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघकी नेतृ डिला संग्रौला रहनु भएको
थियो । धरानका झण्डै चारसय भन्दा महिलाको सहभागिता रहेको आयोजक तथा नेपाली काँग्रेस धरान उपमहानर समितिका उपसभापति एवम् धरान उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया