प्रतिष्ठान व्यवस्थापनसंग नर्सिङ संघ धरानद्वारा सुरक्षाको प्रत्याभूतिको माग

धरान । नेपाल नर्सिङ संघ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाई समितिले प्रतिष्ठानमा कार्यरत सम्पूर्ण नर्सिङ्ग कर्मचारी तथा शिक्षकहरुको पेशागत हक, हित, मौलिक अधिकार, सेवा सुविधा र सुरक्षाको प्रत्याभूतिका लागि व्यवस्थापन समितिको ध्यानाकर्षण गराएको छ ।


संघका अध्यक्ष उपेन्द्र यादवद्वारा जारी ध्यानाकर्षणपत्र भाद्र १० गते प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाललाई बुझाएको छ । ध्यानाकर्षण पत्रमा भनिएका छ नेपाल नर्सिङ्ग संघ एउटा अन्तर्राष्ट्रिय नर्सिङ परिषद (आइसिएन) सँग आवद्ध राष्ट्रिय स्तरको संंगठित, स्वासासित, स्वतन्त्र र गैर नाफामूलक विसुद्ध पेशाागत संगठन हो । संघले प्रतिष्ठानको व्यवस्थापन समिति समक्ष पटक पटक आवाज उठाउँदै आए पनि व्यवस्थापनले वास्ता नगरेकोले उसले १६ बुँदे ध्यानाककर्षणपत्र बुझाएको हो । संघले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ नर्सिङ्ग पेशालाई प्राविधिक सेवा सुविधा सहितको समूहमा समायोजन गरियोस, कर्मचारी तथा शिक्षकहरुले खाइपाई आएको सुविधाहरु अविलम्ब लागू गरियोस्, कर्मचारीका छोराछोरीको निम्ति आरक्षित छुट्याइएका कोटाहरुको व्यवस्था अविलम्ब गरियोस्, स्वीकृत दरबन्दी अनुसार तथा योग्य शिक्षक कर्मचारीहरुको लागि नयाँ दरबन्दी सिर्जना गरी सम्पूर्ण तहका विज्ञापन गरी यथाशिघ्र पदपूर्ति गरियोस्, सिनेट, कार्यकारिणी, प्राज्ञिक, सञ्चालक तथा छनौट समितिहरु लगायतका प्रतिष्ठानका महत्वपूर्ण समितिहरुमा नर्सिङ शिक्षक तथा कर्मचारीहरुको अनिवार्य प्रतिनिधित्व गराइयोस्, कोरोना संक्रमणमा प्रतिष्ठानका सम्पूर्ण वार्डहरुमा अग्रपंक्तिमा खटिएका नर्सहरुलाई नेपाल सरकारले तोके बमोजिमको जोखिम भत्ता यथाशिघ्र उपलब्ध गराइयोस् साथै प्रतिष्ठानमा कार्यरत नर्सहरुलाई पोसाक भत्ता र नाइट ट्युटी भत्ता नेपाल सरकारले तोके बमोजिम उपलब्ध गराउन कार्यकारिणी समितिका पेश गर्न ध्यानाकर्षण गराएको छ ।
यसैगरी प्रतिष्ठानमा कार्यरत नर्सिङ्ग कर्मचारीहरुले सिÏट ड्युटी गर्नुपर्ने हुँदा बाहिरबाट आवातजावत गर्न असहज भएको हुँदा आवासको व्यवस्था गरियोस् साथै नर्सिङ्ग शिक्षकहरुको हकमा समेत पद अनुसारको आवासको व्यवस्था गरियोस्, नेपाल सरकारको नियमानुसार हाल कायम भएको पदमा सिनियर अनमीलाई सोही पद, नाम सहित स्तर बृद्धि गरी बढुवा गरिने व्यवस्था सहित नियमावलीमा संसोधन गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइयोस्, एमएसस्सी नर्सिङ गरेका हाल कलेज अफ नर्सिङ्गमा खटाइएका नर्सिङ्ग अफिसरहरलाई उपयुक्त पदोन्नति साथै पद मिलान गर्न यथाशिघ्र पहल गरियोस्, हाल नर्सिङ्ग सेवाको प्रमुखको रुपमा रहेको मेट्रोन पदको सट्टामा नर्सिङ्ग निर्देशक रहने गरी नियमावली संसोधन गरी नर्सिङ्ग डिनको नियुक्त नियमावली अनुरुप गरियोस्, पटक पटक लामो समयसम्म विद्युत सञ्चालन अवस्द्ध भएको समस्याको अन्त्य गरियोस्, पानीको समस्या पूर्ण रुपले अन्त गर्ने व्यवस्था गरियोस्, निवृत्तिभरण (पेन्सन) कोषको समुचित व्यवस्था गरी सोको सञ्चालन सम्बन्धी ठोस नीति तर्जुमा गरियोस्, प्रतिष्ठान परिषरभित्र सिसिटिभी सहितको गाडी पार्किङ्ग स्थलको व्यवस्था गरियोस्, सुरक्षालाई प्रभावकारी बनाउने व्यवस्था गरियोस् ध्यानाकर्षण पत्रमा उल्ललेख गरिएको छ । आफूहरुले उठान गरेका मागहरुको न्यायाचित सम्बोधन तत्काल गर्नुपर्ने र व्यवस्थापनले आलटाल गरे नेपाल नर्सिङ्ग संघ, इमाइ समिति कडा भन्दा कडा संघर्षमा जाने समेत ध्यानाकर्षण पत्रमा चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया