मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा धमिलो राजनीतिलाई संग्लो पार्ने महाअभियान

विश्वराज शर्मा

आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन गइरहेको छ । आम मतदाताले यस निर्वाचमा होसियारीसाथ मतदात गर्नुपर्दछ । हाम्रो भन्दा राम्रो उमेद्वारलाई चयन गर्न सिके देशमा संवृद्धि, विकास र रोजगारीका सम्भावनाहरु आउन सक्दछ । २०४८ देखि हालसम्म सांसद र मन्त्री भइकाहरुले देशको लागि के गरे ? आफ्नो निहीत स्वार्थ सिद्धि गर्नु राष्ट्रको ढुकुटी दोहन गर्र्न र आफ्ना निकटतम् आसेपासेहरुलाई पक्षपोषण गर्नुबाहेक अरु खासै उपलब्धी देखिएको छैन । देश झन झन कंगाल हुँदै गइरहेको छ । अहिलेसम्म पार्टीका व्यक्तिहरु प्रधानमन्त्री, मन्त्री र सांसद भए तर देशले विकासको अनुभूति गर्न पाएको छैन । जनताको माग सम्बोधन गर्ने कुनैपनि सरकारले गरेन । बरु भ्रष्टाचा।, नदी नाला दोहन गर्ने तर्फ मात्र दृष्टि रहयो । आफ्ना मान्छेहरुलाई कहाँ कहाँ राख्दा राष्ट्र दोहन गर्न सकिन्छ त्यसतर्फ मात्र सरकारले ध्यान दिँदा देशको सामाजिक व्यवस्था, कला, सँस्कृति, समाजको सद्भाव नै खलबलिदै आएको छ ।
मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा पाँच दल र नेकपा एमाले आमनेसामने देखिएका छन् । पाँच दलभित्र सिद्धान्त, आदर्श र विचारको ठूलो अन्तर छ । एउटा प्रश्न प्रजातन्त्र र साजवाद विश्वास राख्दछ भने अर्को प्रश्न वाम मार्ग मार्फत देशको सत्ता हत्याएर निरकुंश शासनतिर अभिमुख छ । यस्तो बेमेल गठबन्धनले सबैभन्दा बढी नेपाली काँग्रेसलाई ठूलो असर पार्दछ । माकर््सवादी घास खुवाएका एक हुलियाका पृष्टपोषकहरुसँग तल वडा तहदेखि सघ, प्रदे्शसम्म सिट बाँडफाँड गरेर हिडेको नपाल बाहेक अरु देशमा अभ्यास भए जस्तो लाग्दैन । दुई उत्तरतर्फ र दक्षिणतर्फ लागिवरहेका बटुवाको न बास एकै ठाउँमा हुन्छ न गन्तव्य एउटै हुन्छ । यो त कालीदासले आफै बसेको हाँगा काटेको जस्तो हुन्छ । वैचारिक मान्यता विपरीत यो गठबन्धनको उद्देश्य सत्ता प्राप्ति गर्नुमात्र हो । यस गठबन्धनले एमालेलाई रोक्ने र पार्टी र मुलुकलाई भड्खालामा हाल्ने देखिन्छ ।
यस गठबन्धनले मुलुकमा बेतिति हटाउने, सुशासन कायम गर्ने, संघयि लोकतान्त्रिक गठबन्धनले अंगीकार गरेको प्रणाली बलियो बनाउनेवा मुलुकको समृद्धि बढाउने उद्देश्यले यस गठबन्धनले बोकेको छैन । यस गठबन्धनको नाइके देउवा र दाहालहरु सत्ता प्राप्तिमा लागि  परेका छन् ।
२०१५ सालमा जननेता विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भएको बेला देशको विदेश नीति छिमेकी मित्रराष्ट्रहरुबीच भएको सन्धी सम्झौताले मुलुक स्वाभिमान शैलीमा चुलिएको थियो । मुलुकभित्र विकास, जग्गा, जमिनको बर्गीकरण र कृषि वन परियोजना र जनताको मागमो सम्बोधन गरेको कुरा दस्तावेजले बताउँछ । नेता र कार्यकताृहरुदलाई सिद्धान्त, आदर्श, विचार एवम् व्यवहारको पनि पूर्ण रुपले दिन भ्याउनु भएको थियो ।
तर, देउवा, दाहाल, ओली कतिचोटी प्रधानमन्त्री हुँदा यो देशले या मुलुकले भनौ समृद्धिको उचाईमा पुग्दछ ? एकचोटमात्रै होइन दुई दुई चोटी दाहाल , आली प्रधानमन्त्री भएकै हुन् । नेपाली काँग्रेसका सभापति देउवा पाँच चोटी प्रधानमन्त्री हुँदा न देशले संवृद्धि पायो । विकासका नाममा ब्रम्हलुट गरी मुलुकलाई श्रीलंकातर्फ दिनानुदिन धकेलिरहेछन् । मंसिर ४ गवते निर्वाचनमा शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाललाई जनताले ठेगान लगाएनन् भने नेपाल देश भन्ने रहन्छ कि रहँदैन भन्न कठिन छ । यिनका मतियारहरुलाई पनि निर्वाचनमा तह लगाउन यो पंक्तिकार आम मतदाताहरु समक्ष आग्रह गर्दछु । भ्रष्टाचारले गन्हाएका व्यक्तिहरु उमेद्वार भएर आए भने, ठाँडो इन्कार गर्न सक्नुपर्दछ । यो हिम्मत साहस सबै मतदाताहरुमा हुन जरुरी छ । दाहाल, ओली र देउवाले देशलाई जर्जर र थिलथिलो बनाइसकेका छन् । निर्वाचनमा अनुहार दोहोरिएर आए देश सकटमो भुँवरीमा फस्ने पक्कापक्की छ । यिनीहरुलाई तह लगाउने माध्यम यही निर्वाचन हो । यस महान अभियानलाई आम मतदाताले खेर फाल्ने छैनन् भन्ने मैले विश्वास लिएको छु ।    जय नेपाल

तपाईको प्रतिक्रिया