धरान । कृषकहरुले धरै उत्पादन गर्ने अभिप्रायले रसानिक मल प्रयोग गर्ने गर्छन । युरिया, डिडिटी, विएचसी लगायतका रसायनिक मल प्रयोग गर्दा खेतीको उर्वराशक्ति ह्रास हुदै गएको छ भने मल समयमै कृषकले नपाउँदा राम्रो उत्पादन गर्न पाएका छ्रैनन् । रसायनिक मल उत्पादन गर्दा फाइदा भन्दा पनि बेफाइदा बढी छ ।
नेपाल कृषि प्रधान देश हो, नेपालका ८० देखि ९० प्रतिशत सर्वसाधारण कृषिमै आश्रित छन् तर्पछिल्लो समय कृषि क्षेत्र घडेरीमा परिणत हुनु र उत्पादनमा ह्रास आउन थालेपछि कृषकहरुले वैकल्पिक पेशा रोज्न थालेका छन् । कृषिको उत्पादन बढाउन सरकारले गम्भिरता नदेखाएकै कारण यस्तो समस्या भएको हो । धरान ६ पानबारीमा भेन्चर वेष्ट टु इनर्जी प्रा.लि.ले धरान उपमहानगरपालिकासँग स्वीकृति लिएर फोहोर प्रशोधन केन्द्र सञ्चालमा ल्याएको छ । कुहिने फोहोरबाट उसले सिएनजी ग्याँस, मल उत्पादन गर्छ । तर त्यहा उत्पादन भएको मल कृषकले प्रयाग गर्दैनन् घरको छत अथवा कोठेबर्ीका फूलमा प्रयोग गर्ने गर्छन । सरकारले रसायिनक मल विस्थापित गर्ने ऐन बनाए पनि कृषकलाई बुझाउन नसक्दा अग्र्यानिक मल कृृषकले प्रयोग नगर्ने गरेको मलको डिपार्ट हेदैै आउनु भएका दिपेश महर्जन बताउनुहुन्छ ।

यो केन्द्रबाट दैनिक ३ सय केजी मल उत्पादन हुन्छ तर त्यो मल वास्तविक कृषकले प्रयोग गनेै गरेका छन् । सरकारले कृषकहरुलाई बुझाउन नसक्दा यस्तो समस्या आएको उहाँ बताउनुहुन्छ ।
ग्याससँगै अग्र्यानिक मल उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन भएको फोहोर प्रशोधन केन्द्रबाट उत्पादन भएको मल प्रयोग गर्दा हुने फाइदा कृषकलाई जानकार नहुदा प्रयोग कम भएको सञ्चालक विपुलराज पाण्डे बताउनुहुन्छ । वातारण स्वच्छ बनाउने उद्देश्यले सञ्चालन भएको यो केन्द्रको उद्देश्य पनि कृषकलाई अग्र्यानिक मल उत्पादन गरेर माटोको उवर्राशक्ति बढाउने रहेको बताउनुभयो ।
धरान ६ पानबारीमा १ विगाहा २ कट्टा क्षेत्रफलमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । सञ्चालन भएको २० बर्षपछि धरानउपमहानगरपालिकालाई हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालनमा आएको यो केन्द्रको उद्देश्य अनुरुप स्थानीय सरकारल समेत पहल गर्न सकेको छैन । छिटो उत्पादन गर्ने नाममा रसायनिक मल प्रयोग गर्ने कृषकलाई बुझाउन सकेको छैन । जे उद्देश्यले सञ्चालन भएको हो, त्यो उद्देश्य पूरा गर्ने दायित्व स्थानीय सरकारको हो, यसतफे सोच्न जरुरी छ ।
