प्रदेश सांसदमा उठ्ने मादेनको तैयारी

धरान । आगामी मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा प्रदेश न. १ को सुनसरी क्षेत्र नं. १ ‘क’ बाट नेपाली काँग्रेसकी चर्चित धरानकी महिला नेतृ श्रीमति कृष्णकला लिम्बु (मादेन) ले उमेद्वारी दिने इच्छा व्यक्त गर्नुभएको छ । श्रीमति मादेन वि.सं. २०३६ सालदेखि नेपाली काँग्रेस सुनसरीको जिल्ला, क्षेत्र, नगरका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनु भएको छ । पार्टी प्रतिबन्धित अवस्थामा नेपाली काँगेसको आवहानमा भएका प्रजातन्त्र प्राप्तिका हरेक आन्दोलन र प्रजातन्त्र प्राप्ति पछिका पार्टीको संगठन सदृढीकरणमा उहाँको निरन्तर सक्रिय सहभागिता रहँदै आएको छ ।


तपाईले नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ ‘क’ बाट प्रदेश सांसदका लागि उमेद्वार बन्ने इच्छा व्यक्त गर्नुको प्रमुख कारण के हो त भन्ने जिज्ञासामा मादेनले भन्नुभयो पार्टीमा हिजो प्रवेश गरेका, योगदान केही नभएकाहरुले संसद र अन्य महत्वपूर्ण पद पाउँछन भने मैलेचाहिँ सदैव योगदान मात्र गरिरहनु पर्ने हो ? उहाँको प्रश्न थियो । पार्टीले प्रदेश नं. १ ‘क’ बाट प्रत्यक्ष उमेद्वार नबनाएमा स्वतन्त्र रुपमा भएपनि म उमेद्वारी दिएर निर्वाचित देखाउछु, उहाँले भन्नुभयो । यदि पार्टीले उचित मुल्यांकन गर्ने हो भने मलाई उमेद्वार बनाउनुपर्छ । वि.सं. २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा प्रचारप्रसार गर्ने हेतुले उहाँले आफ्नै घरमा पार्टी कार्यालय खोल्नुभयो । तर वहुदल इतर समूहले उहाँको घरमा ढुंगामुढा गर्ने, अनेकौ धम्की दिने काम हुँदा पनि उहाँ विचलित हुनु भएन । वि.सं. २०४२ सालको सत्याग्रहमा सत्याग्रहीहरुका लागि उहाँले उल्लेखनीय सहयोग पु¥याउनु भएको थियो । २०४६ सालको आन्दोलनमा गिराफ्तार भई विभिन्न ठाउँमा हिरासतमा राखिएका काँग्रेसका कार्यकर्ता भेट्न कृषि केन्द्र हाँसपोसा, इलाका प्रहरी कार्यालय लोकही, विराटनगर कारागारसम्म पुगेर आर्थिक सहयोगसँगै अन्य सहयोग पु¥याउनु भएको थियो । वि.सं. २०६२÷०६३ को आन्दोलनमा समेत उहाँको उल्लेखनीय योगदान रहेको थियो । पार्टीका विभिन्न पदमा बसेर काम गर्दै आउनु भएपनि लाभका अन्य कुनै पदमा उहाँले यसअघि कुनै पदमा दाबी गर्नुभएको थिएन ।
मादेन नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघको २०४३ देखि २०७२ सम्म धरान नगर सभापति, १२ औं महावेशनमा सुनसरी जिल्ला सदस्य, १३ औ महाधिवेशनमा र १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनु भएको थियो । आधा दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा सक्रिय उहाँ हाल नारी शिल्पकला केन्द्रको अध्यक्ष, बीपी चिन्तन प्रतिष्ठानको सदस्य, सिर्जनशील समाजको सदस्य, नेपाल रेडक्रस सोसाइटी घोपा सेक्टरको अध्यक्ष, बराहक्षेत्र बृद्धाश्रमको आजीवन सदस्य, नेपाल परिवार नियोजन संघको आजीवन सदस्य रहेर काम गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया