धरान । सर्वसाधारणको जग्गा सर्दुजलाधारभित्र परेको भन्दै रोक्का भएपछि धरान १३ का स्थानीय हरिबहादुर कार्कीको संयोजकत्वमा पहल समिति निर्माण भएको छ । समितिले पीडितसँग छलफल गर्ने, मालपोत कार्यालयलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर स्थानीय सरकारलाई समेत गुहारेको छन् ।

सर्दू जलाधारका नाममा धरान १३ र ४ का शहरी क्षेत्रमा पर्ने जग्गा मालपोत कार्यालयले रोक्का गरिदिएपछि स्थानीय पीडित छन् । पीडितद्वारा गठित ‘साविक बाँझागरा ९ क फुकुवा तथा सिमाङ्कन पहल समिति’ ले सोमबार नाराबाजी गर्दै धरानस्थित मालपोत कार्यालय र धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । सर्दू जलाधारको नाममा जनताले अनावश्यक दुःख पाएको भन्दै समस्या समाधानका लाग उनीहरुले मालपोत कार्यालय र स्थानीय सरकार गुहारेका हुन । साविक बाँझागरा ९ ‘क’ फुकुवा तथा सिमाङ्कन पहल समितिले २०१७ सालमा नगर पञ्चायत भएको धरान उपमहानगरपालिका लाई २०३३ सालमा राजा वीरेन्द्रले सर्दू जलाधार क्षेत्र घोषणा गरेको बताइन्छ । ज्ञापनपत्र बुझाउदै पहल समितिका संयोजक हरि कार्कीले सर्दुजलाधार क्षेत्रभित्र पर्ने जग्गा
संरक्षण गर्ने कुरामा पहल समिति सकारात्मक भएको बताउँदै जलाधार क्षेत्रको सिमाकंन गरेर जलाधार क्षेत्रमा नपर्ने जग्गाको रोक्का फुक्का गर्नुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।
यस्तै धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले स्थानीयको समस्यामा धरान उपमहानगरपालिका सधै गम्भीर भएकोले यसको समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले जलाधार क्षेत्रको जग्गाको विषयमा अदालतमा विचाराधीन अवस्थामा रहेको बताउदै अदातलमा विचराधीन अवस्थामा रहेको जग्गा फैसला नहुन्जेल स्थानीय सरकारले समेत केही गर्न नसक्ने तर सबै मिलेर समस्या समाधानतर्पm लाग्नुपर्ने बताउनुभयो । सर्दु जलाधारको नाममा सर्वसाधारणको जग्गा रोक्का भएपनि बैंकमा धितो राख्न, किनबेच गर्न नपाएपछि धरान १३ र ४ का करिब एक हजार घर मारमा परेका छन् । उनीहरुले केही समय अगाडि समस्या समाधानमा राजनीतिक दलहरुको भूमिका विषयमा राजनीतिक दलहरुसँग छलफल समेत गरेका थिए । त्यसबेला राजनीतिक राजनीतिक दलहरुबाट समेत समस्या समाधान गरिदिने आश्वासन पाएका थिए ।
