भूपूका हरेक समस्या समाधानमा सक्रिय मेजर कनौजिया

बेलटार (उदयपुर) । भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजिया भूतपूर्व भारतीय सैनिकहरुका हरेक समस्या समाधानमा सक्रिय हुनु भएको छ ।
गत हप्ता उहाँ प्रदेश नं. १ को उदयपुर जिल्ला पुग्नु भएको थियो । आफ्नो कार्यालयका सहयोगीहरुका साथ उदयपुरको बेलटार पुग्नु भएका मेजर कनौजियाले त्यहाँ बसोबास गर्दै आउनु भएका भूतपूर्व भारतीय सैनिकहरुसँग भेटघाट गर्दै समस्या सुन्नु भएको थियो ।


भारतीय भूतपूर्व सैनिक संघ उदयपुरका सभापति मविराज किराँतीको सक्रियतामा भेला भएका ४३० जना भूपूहरुले पेन्सनमा देखिएका समस्याको चाँडो समाधान गर्न आग्रह गरेका थिए । भूपूहरुका समस्यालाई आफू चाँडो भन्दा चाँडो समाधान गर्न लागिपरेको उहाँले बताउनु भएको थियो । उहाँले नेपालमा बसोबास गर्ने भतपूर्व सैनिकहरुका लागि भारत सरकारले लागू गरेका दर्जनौ लोककल्याणकारी कार्यक्रमहरुका सम्बन्धमा समेत भूपूहरुलाई अवगत गराउनु भएको थियो । उदयपुर भन्दा अगाडि मेजर कनौजियाले इलाम, ताप्लेजुङ, तेह«थुम, भोजपुरका भूपूहरुसँग समेत भेटघाट गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया