बराहक्षेत्र । जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टले गत हप्ता सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ८ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका ट्रष्टका अध्यक्ष डा. खालिद हुसैन हक नेतृत्वको टोलीले वडाका २ सय भन्दा बढीको उच्च रक्तचाप, मधुमेहका विरामीहरुको स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि समेत उपलब्ध गराएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाट जनता समाजवादी पार्टीका तर्फबाट उमेद्वारी समेत दिन लाग्नु भएका डा. हालिद हुसैन हकले जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टको माध्यमबाट जिल्लाका विपन्न बस्तीहरुमा निःशुल्क स्वास्थ्य परीक्षण, विद्यालय पोसाक वितरण, शैक्षिक सामाग्री वितरण, विद्यालय भवन निर्माण लगायतका कामहरु गर्दै आउनु भएको छ । मुटु एवम् छातीरोग विशेषज्ञ डा. हुसैनसँगै ट्रष्टका कोषाध्यक्ष डा. तपनकुमार तरफ्दार, डा. श्रवणकुमार मण्डलले पनि स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
सो अवसरमा युएसभी औषधि निर्माता कम्पनीका प्रतिनिधिहरुले रक्त परीक्षण एवम् निःशुल्क औषधि वितरणमा सहयोग पु¥याएका थिए भने स्वास्थ्य शिविरमा न्युँ जानु फार्मेसीका कर्मचारी, जनता समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ता, विभिन्न राजनैतिक दलका स्थानीय नेता तथा कार्यकर्ताहरुले स्वास्थ्य शिविर व्यवस्थापनमा सहयोग पु¥याएका थिए ।
