प्रदीप गिरीसँग पहिलो भेट

विश्वराज शर्मा

म २०३१ साल चैत्र १७ गते
विराटनगर कारागारबाट जेलमुक्त भएर धरान आफ्नो डेरामा आएँ । २०३२ साल वैसाख महिनामा म बनारसतर्फ लागें नेपाली काँग्रेसका नेता केशवप्रसाद कोइरालाले बीपीलाई लेख्नु भएको चिठ्ठी लिएर । केशवप्रसाद कोइराला र पूर्व प्रधानमन्त्री तथा नेकपा माक्र्सवादीका प्रखर नेता मनमोहन अधिकारीसँग म, हरिहर दाहाल विराटनगरको जेलमा सँगै बसेका थियौं । त्यो सौभाग्यवश हामीहरुलाई प्राप्त भएको थियो । वैसाखको महिना थियो, म एक्लै जोगबनीबाट बनारसतर्फ लागें ,। जोगबनी प्लेटफर्ममा गोपाल राई, उमेश गिर्रीसँग भेट भयो । केही समयको भलाकुसारी पछि म रेल चढें । साथीहरुले हात हल्लाउदै विदाई गर्नुभयो । भोलिपल्ट बनारस पुगियो । म पहिलो पल्ट बनार गएको थिएँ । कहाँ बस्ने, कता बस्ने अत्तोपत्तो थिएन । सिक्सा लिएर माधव मुद्रणालय बाँसफारतिर लागँे । माधव मुद्राणालयका प्रोपाइटर माधव धवन नेपाली काँग्रेसप्रति सहयोगी थिए । त्यही बसेँ, भोलिपल्ट सारनाथ गएर बीपीसँग भेट गरें । त्यसपछि बनारसस्थित नयाँ महादेवमा नेपाली काँग्रेसको आफिस छ भन्ने पत्ता लाग्यो र नेपाली काँग्रेसको कार्यालयतिर लागें । त्यहाँ मैले महेश कोेमोर्चा र दिलबहादुर घर्ती र धरानका युवा सुरेश पोखरेलसँगै भेट भयो । त्यहाँ दुई चार घण्टा बस्दा नेपाली काँग्रेसको क्रान्तिको बारेमा सक्षेपमा कुरा बुझें । साथीहरुसँग गफगाफ गरियो । त्यही गिरिजा बाबुसँग पनि भेट भयो ।


साथीहरुसँगको कुरैकुरामा दिलबहादुरजीले प्रदीप गिरीसँग पनि भेट गर्नुपर्छ भन्ने सल्लाह दिनुभयो । म बनारस पुगेको पर्सीपल्ट दिबहादुरजीले प्रदीप गिरीसँग भेट गराउन मलाई लिएर जानुभयो । बाँसफाटकबाट १० मिनेट हिडेर गुटरोल चौक पुगेका थियौ । दिलबहादुरलाई प्रदीपजीले बालाउनु भयो । प्रदीपजी एउटा चिया पसलमा हुनुहुँदो रहेछ । मलाई दिबहादुरजीले प्रदीप गिरीसँग परिचय गराउदै एकछिनको भलाकुसारीपछि, प्रदीपजीले भोलि तिमीले (दिलबहादुर घर्ती) लिएर आउनु भन्नुभयो र हामी फर्कियौं । भोलिपल्ट प्रदीप गिरी बसेको ठाउँमा पु¥याउनुभयो । भेटघाटमा तत्कालीन नेकाको कार्यक्रमतर्फ कुरा गर्नुभयो । प्रदीपजीको कोठामा महाभारत, रामायण, गीता, माक्र्सका र अन्य थुप्रै किताबहरु देखें । पहिलो भेटम नै उहाँप्रति आकृष्ट भएँ । भेटमा पढ्ने, लेख्ने कुरा सँगसँगै लैजानुपर्छ भन्नुभएको थियो । त्यतिखेर नै प्रखर समाजवादी नेताको रुपमा खडा भइसक्नु भएको रहेछ । यी सबै कुराहरु मलाई साथीहरुले सुनाएका थिए र मैले सही कुरा बुझें ।
तर शनिवार सञ्चारमाध्यममा उहाँको दुःखद्को समाचार हेरेपछि मलाई साह«ै दुःख लाग्यो । आजदेखि समाजवादका व्याख्यता, दृढ नेता, हामी नेपाली काँग्रेसका शुभेच्छुकहरुले कुशल बौद्धिक, द्विप गुमाएको महसुस गरें । साह«ै दुःख लाग्यो, यस्तो बौद्धिक व्यक्तित्वका धनी प्रदीप गिरीलाई भावपूर्ण अञ्जलीभरि श्रद्धासुमन चढाउँदै उहाँको पुनर्जनमको कामना गर्दछु ।

तपाईको प्रतिक्रिया