धरान । धरानमा धेरै सामाजिक संस्था दाताकै भरम चलेका छन् । अझ धरानमा रहेका दुई वटा अनाथ आश्रम सरस्वती बाल अनाथ आश्रम र अपांग तथा असहाय केन्द्र त झन् राज्यको छैन । यी दुई संस्था विदेशमा बसेका धरानेहरु, धरानमै रहेका सर्वसाधारणले सहयोग गरेकै भरमा सञ्चालन भएका छन् ।

धरान १ मा रहेको अपांग तथा असहाय केन्द्र करिब १५ बर्ष अगाडि सञ्चालनमा ल्याएको हो । गरिब, असहाय तथा अपांगाको लालनपोषण, शिक्षा दिक्षा लगायतका सम्पूर्ण जिम्मा गृह सञ्चालक भीम ाईले लिनु भएको छ । बालबालिकाको भविष्य सुनिश्चित होस् भन्ने उद्देश्यले सञ्चालनमा ल्याएको यो गृह सरकारी सहयोग न्यून भए पनि दाताकै भरमा सञ्चालनमा ल्याएको हो ।
विशेष गरी यो संस्थामा कसैको जन्म दिन भयो भने सहयोग गरेर मनाउने गरेका छन् । यसै क्रममा धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले समेत आफ्नो जन्म दिन सो गृहका बालबालिकालाई खाद्यान, शैक्षिक सामाग्री वितरण गरेर मनाउनु भएको छ । जन्म दिनमा रचनात्मक काम गर्ने सोच अनुसार बालबालिकालाई सहयोग गरेर जन्म दिन मनाइएका वडाध्यक्ष भट्टराईले बताउनुभयो । गृहका प्रमुख भीम राईले विशेष गरी अपांग बालबालिकाको भविष्यलाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको सो गृह दातकै सहयोग, सर्वसाधारणको जन्म दिनको अवसरमा गरेको सहयोगले सञ्चालन भइरहेको बताउनुभयो । जन्मदिनमा होटलमा जाने, पार्टी खाने, धेरै खर्च गर्ने प्रचलन जन्म दिनका दिनमा रहेको भएपनि बालबालिकालाई सहयोग गरेर जन्म दिन मनाएको प्रति वडासदस्य
झरना मुखियाले समेत प्रशंसा गदै आगामी दिनमा आफ्नो जन्मदिन पनि यसरी नै मनाउने प्रेरणा मिलेको बताउनुभयो । यो गृहमा २७ जना बालबालिका रहेका छन् । त्यसमध्ये धेरै अपांग रहेका छन् । उनीहरुलाई यो गृहले शिक्षादिक्षासँगै सीप मुलक तालक गृहकले सञ्चालन गदै आइरहेको छ ।
