तीजको पूर्व सन्ध्यामा पतञ्जलीद्वारा विविध कार्यक्रम

धरान । पतञ्जली योग समिति धरान नगर समितिले तीजको पूर्व सन्ध्यामा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।


समितिका अध्यक्ष सुमन स्थापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिले समितिका पदाधिकारीबीच नृत्य प्रतियोगिता, चेलीले माइतीलाई रक्षा बन्धन बाधेर ताज पर्व मनाएका थिए ।
योग समितिकी सल्लाहकार सुशिला उदासको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको मुख्य उद्देश्य स्वास्थ्य रहेर पर्व मनाऔं भन्ने सन्देश नै रहेको अध्यक्ष स्थापितले बताउनुभयो । उहाले पछिल्लो समय चाडपर्वमा बढी खाने, चाडपर्वमा फजुल खर्च गर्ने लगायतका कुराको सन्देश दिन पनि कार्यक्रम आयोजना गरेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया