पेस्तोलसहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले पेस्तोल सहित दुई जनालाई प्रक्राउ गरेको छ । प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो ।  सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) सिक्टीले मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारीबाट पेस्तोलसहित सुनवर्षी नगरपालिका ८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी ६ का २९ वर्षीय नवीन धिमाललाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल मोरङका एसपी राजकुमार लामिछानेका अनुसार भारतबाट अवैध रूपमा ल्याएको पेस्तोल सशस्त्र प्रहरीले आलमको साथबाट बरामद गरेको हो । को २७ प ४०६ नं. को
पलसर मोटरसाइकल चेकजाँच गर्दा आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल फेला परेको एसपी लामिछानेले जानकारी दिए । आलमले बोकेको पेस्तोल धिमालले मगाएको खुलेपछि उनलाई समेत पक्राउ गरिएको एसपी लामिछानेले बताउनुभयो ।


प्रहरीले धिमालको साथबाट नगद ४७ हजार ७ सय ७० रुपैयाँ पनि बरामद गरेको छ । भारतबाट पठाइदिएको पेस्तोल धिमालले ६५ हजार रुपैयाँमा खरिद गर्ने बताउनुभयो । उहाँका अनुसार आलममार्फत सो पेस्तोल ल्याएको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । सशस्त्र प्रहरीले उनीहरूको साथबाट पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया