मिराकल थी्र वाइ थी्र महिला पुरुष बास्केटवल उपाधि यलम्वरलाई

धरान । मिराकल बास्केटवल क्लवको आयोजनामा आयोजित मिराकल थी्र वाइ थी्र महिला पुरुष ओपन बास्केटवल प्रतियोगिताको उपाधि यलम्वर बास्केटवल क्लवले जितेको छ ।
धरान १६ स्थित धरान रंगाशालाको कर्भडहलमा आयोजित प्रतियोगिताको महिला पुरुष दुवै उपाधि यलम्वर क्लवले जितेको हो । यलम्वरले प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा आयोजक मिराकल व्ल्याकलाई ७ –१ र पुरुष तर्फ व्रदशलाई १३–५ अंकको अन्तरले पराजित गर्दै दुवै उपाधि माथि कव्जा जमाएको हो । उपाधिसँगै यलम्वर महिला टिमले नगद चार हजार, पुरुष टिमले नगद दश हजार रुपैया, ट्रफी र प्रमाणपत्र हात पारे । उपविजेता महिला तर्फ मिराकल व्ल्याक टिमले नगद दुई हजार रुपैया, पुरुष तर्फ व्रदशले नगद ५ हजार, ट्रफी र प्रमाणपत्र हात पारेका छन ।
यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको महिला र पुरुष तर्फका दुवै उपाधि यलम्वर क्लवका सितल तामाङ र दिवस राई घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, मिराकल बास्केटवल क्लवका अध्यक्ष सन्तोष तामाङ्ग र प्रदेश १ का बास्केटवल मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले पुरस्कार वितरण गरेका थिए ।


प्रतियोगिताको सेमिफाइनल खेलमा महिला तर्फ यलम्वर टिमले रेड डेभिल्सलाई ५–४ र मिराकल व्ल्याकले धरान मेघा कलेजलाई ६–१ अंकको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । त्यस्तैगरि पुरुष तर्फ व्रदसले लिजेन्ड टिमलाई ८–७ र यलम्वरले धरान मेघा कलेजलाई १२–५ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । प्रतियोगितामा धरान र धरान वाहिरका गरी महिला तर्फ एघार वटा टिम र पुरुष तर्फ २७ वटा टिमले सहभागिता जनाएको थियो ।

तपाईको प्रतिक्रिया