सिक्किममा नेपाली भाषी बरिष्ठ साहित्यकार दाहालको निधन

भारतको पूर्वोत्तर राज्य सिक्किमका नेपाली भाषी बरिष्ठ गीतकार एवम् साहित्यकार कमल दाहालको निधन भएको छ । सिक्किमका स्थानीय साहित्यकार, कुशल नाटककार, गीतकारका रुपमा सिक्किमेली जनताबीचमा परिचय बनाउनु भएका दाहालको गत हप्ता अर्थात साउन २८ गते शनिवार दुर्घटनामा परी निधन भएको थियो ।


उहाँ आफ्नै घर रहेको पाकिमस्थित पानीको धारा बनाउन जाँदा खुट्टा चिप्लिएर अग्लो ठाउँबाट तल खस्नु भएको थियो । तत्काल उहाँलाई पश्चिम बंगालको सिलगुढीस्थित नर्थ वंगाल न्यूरो क्लिनिकमा उपचारार्थ पु¥याइए पनि उपचारकै क्रममा उहाँको निधन भएको थियो । दाहालको पार्थिव शरीर सिक्किमको  ्रतारेथाङ्गस्थित मूल घरमा पु¥याएको र अन्तिम श्रद्धाञ्जजलीका लागि एक दिन राखिएको थियो । स्वर्गीय दाहाल विगत तीन दशकदेखि नेपाली संगीत, साहित्य, कलाको क्षेत्रमा निरन्तर समर्पित  रहनु भएको थियो ।उहाँलाई सिक्किमका जनताले बरिष्ठ गीतकारका रुपमा चिन्ने गर्छन् । उहाँका अधिकांश गीतका शब्दहरुमा संगीतकार शान्ति ठटाल, मधुसुधन लामा जस्ता ख्यातिप्राप्त संगीतकारहरुले संगीतबद्ध गरेका छन् । यसैगरी सिक्किमकी प्रसिद्ध गायिका विमला प्रधान, महेश सेवा लगायत दर्जनौ गायकहरुले स्वर दिएका छन् । सन् १९९० पश्चात नै उहाँका दर्जनौ गीतहरु अकाशवाणी गान्तोकबाट बज्दै आएका थिए । उहाँ सिक्किमेली नाट्य जगतमा पनि ख्यातिप्राप्त व्यक्तित्व रहनु भएको थियो । उहाँले दर्जनौ समाज परिवर्तनका नाटकहरु लेख्नु भएको छ । यतिमात्र होइन उहाँले आफै पनि सिक्किम र सिक्किम बाहिर दर्जनौ मञ्चहरुमा आफै अभिनय पनि गर्नुभएको थियो । भारतको ७६ औं स्वतन्त्रता दिवसका अवसरमा भारतभरि चलाइएको ‘घर घर तिरंगा’ अभियानमा आयोजना गरिएका राज्य स्तरीय प्रतियोगितामा उहाँद्वारा रचित गीत प्रथम भएको थियो । उहाँ सिक्किम सरकारका एक इमान्दार कर्मचारी समेत  रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया