स्थानीय आफैले बनाए खानेपानी ट्यांकी

धरान । कसैको मुख नताकी आफ्नो काम आफै गर्दा कुनै पनि काम अपूरो हुदैन भन्ने उदाहरण धरान १४ झोलुङ्गेपुल छेउको याख्खा टोलबासीले उदाहरण पेश गरेका छन् ।
साना साना काममा पनि सरकारी योजना पर्खिने, सरकारको मुख ताक्दा स्थानीयले सोचेको योजना पूरा हुदैनन् तर स्थानीय आफै लागि परे जस्तोसुकै समस्या समाधान हुन्छ भन्ने उदाहरण आफै खानपानीको समस्या समाधान गरेर ट्यांकी समेत निर्माण गरेका टोलबासीले देखाएको काम अहिले धरानकै लागि उदाहरणीय काम भएको छ ।


धरानमा खानेपानी समस्या बर्षेोदेखिको हो । खानेपानी समस्या समाधान गर्न उपमहानगरपालिकाको नेतृत्वमा आउनेले धेरै प्रयास गरे तर समाधान गर्न सकेनन् । अहिलेका निर्वाचित मेयर हर्क साम्पाङ पनि जनश्रमदान गरेर धरानको खानेपानी समस्या समाधानमा लागि पर्नु भएको छ तर धरान १४ झोलुङे पुलका स्थानीयहरुलाई कसैको साथ चाहिएन, स्फूर्तरुपमा खटेर नजिकै रहेको भालु खोलाबाट पानी ल्याएर ७० हजार क्षमताको ट्यांकीमा जम्मा गरर दीर्घालीन समस्या समाधान गरेका छन् । धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्थानीयबासी आफै जुटे कसैलाई माग्नुपर्ने, कसैका गुहार नचाहिने उदाहरण याख्खा टोलीबासीले आफै खानेपानी समस्या समाधान गरेर उदाहरण पेश गरेको बताउनुभयो । उहाले वडाकै पहलमा सरकारी जग्गा उपलब्ध गराएको बताउनुभयो । विगतमा खोलाबाट सिधै पानी ल्याएर त्यहाका बासिन्दाले खानेपानी प्रयोग गर्ने भएपनि ट्यांकी बनाएर जम्मा गरेर वितरण गर्दा भने हिउदको समयमा पनि समस्या नहुने स्थानीयबासिन्दाको भनाइ छ । स्थानीय रामकुमार राई र जगत राईले टोलबासीले आफै रकम जुटाएर खानेपानी समस्या समाधानमा ट्यांकी निर्माण गरेपछि हिउदको समया पनि समस्या नहुने बताएका छन् उनीहरुले ट्यांकीमात्र बनाएनन् खानेपानीको सुद्धता, भइपरि आउने विपत्तका समयमा दमकल लगायतलाई आवश्यक पर्ने पानी जोहो गर्न पनि सहज हुने खालको ट्यांकी निर्माण गरिएको डिजाइरनर मिनकुमार राई बताउनुहुन्छ । उहाले ट्यांकीमा खसेको धमिलो पानी सिधै प्रयोग गर्दा स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएकोले ट्यांकी निर्माण गर्दा सुद्धतालाई समेत ध्यान दिएको बताउनुभयो
ट्यांकीमा पानी हालेर धमिलो पानी प्रयाग गर्नुमात्र उपलबधी नभई प्रयोग गरिएका प्रत्येक घरका धारामा पोइन्ट जोडिएको, समस्या हुदा सबै एउटा घरमा पानी नआउने समस्या भएपनि अर्को घरमा आउन, ओभरप्लु भयो भएन हेर्नका लागि छेउमै गएर हेर्नुनपर्ने, ट्यांकीमा राखिएको झण्डा माथि आउने, झण्डा तला हुदा पानी नभएको संकेत गर्ने, पानी परेको बेला अथवा धमिलो पानी आएमा ट्यांकीमा नहाली सिधै वाइवास गर्न सकिने लगायतका सुविधा ट्याकीमा रहेको छ । यो ट्याकीबाट १२ घर परिवारको खानेपानी समस्या समधान हुने र केही घरमा जडान गर्न बाकी रहेको स्थानीयको भनाई छ ।

 

तपाईको प्रतिक्रिया