का“ग्रेस स्यालको झु्ण्ड भएछ
नेपाली काँग्रेस यतिबेला एक्लै हिड्न नसक्ने स्यालको झुण्ड भा’छ रे । अस्तिका दिन एकजना विद्वानले भन्या । हो कि क्या हो । पहिला पहिला काँग्रेस शेर जस्तै थियो । एक्लै मैदानमा प्रतिष्पर्धा गथ्र्यो । हुन त स्यालबहादुर नै झुण्डका मुखिया भएसी’ काँग्रेस शेर रहने कुरा पनि भएन । तीसौ बर्षसम्म काँगे्रेस एक्लै निर्वाचनमा भिड्थ्यो । अब त्यो हैसियतमा काँग्रेस रहेन । रहने कुरा पनि भएन । स्यालबहादुरको बथानमा मिसिएर हुइøयँ गर्न थाल्या छ । बथानमा नमिसिउँ भनेर कसैले अर्ति दिएमा उल्टै चिथोर्न आइलाग्छ । एक्लै चुनावी मैदानमा जानुहुँदैन हारिन्छ भन्छ । स्यालको भीडमा हिड्ने बानी परेर मिलीजुली सत्ताको सिकार गर्ने बानी परेसी’ कस्को बाजेको के लाग्छ र ? स्यालको बथानमा हिडेर गिद्ध खान पाइन्छ भने एक्लै मैदानमा किन कुस्ती खेल्नु ? काँग्रेसले बिर्सिएको कुराचाहिँ के हो भने बाज एक्लै हिँड्छ र सिकार गर्छ तर परेवा झुण्डमा हिँड्छन् तर सिकार बन्छन् । यो कुरा वाल्वाटारे स्यालबहादुलाई कस्ले सम्झाइदिने ?

लठ्याउरे काजीले चुनाव हार्छन ?
डँडेलधुरे लठ्याउरे काजीले यसपटक चुनाउ हार्ने प्रक्षेपण भएसी एकथरि झोलेहरुको निन्द्रा हराम भएको छ । डँडेलधुरे लठ्याउरेसँग कनेक्सन भएकाहरुको निन्द्रा हराम भएको छ । नहोस् पनि किन ? भ्रष्टाचार गरे पनि सुनपानी छर्केर चोख्याइदिने तिनै लठ्यौरे काजी थिए, बलात्कार गरे पनि तिनैले जगाइदिँदै आएका थिए, ठेक्कापट्टाको मेलेमेसो पनि तिनैले ठ्याकठुक मिलाइ दिन्थे, खोला दोहन गर्ने चाँजोपाँजो पनि तिनैले मिलाइदिन्थे । अब तिनैले चुनाव हार्ने भएपछि निन्द्रा नलाग्ने, टेन्सन हुनु स्वभाविक हो । तर झोलेहरुले धन्दाचाहिँ मान्दा हुन्छ । काजीले जनही मत किनेर भएनि निर्वाचनचाहिँ जित्छन् । जित्नु् पनि पर्छ । ज्योतिषीले सात पटक पर्धानमन्नतरी हुन्छस् भन्या छन् । चुनाव हारे भने पर्धानमन्तरी कसरी हुने ? ज्योतिषीको घोर अपमान हुन्छ । कि कसो हौ ?
दंगालनी दंग
दाङकी दंगालनी आच्या संग्रौला अस्तिका दिन प्रतिनिधिसभाबाट नागरिकता विद्येयक वहुमतले पारित भएसी बडो दंग परिछन् । तिन्ले फेसबुकमा एउटा फोटो पनि पोस्ट्याइछन् । किन नपोस्ट्याउन त ? आखिरी वाल्वाटारसँग कनेक्सन भएकी नारी नेतृ न परिन् । त्यति भएसी बाल्वाटारे मुखिया गदगद् हुने । ईश्वर खुशी भएसी लाभै लाभ । हिजो आजका छाउरीहरु बडो नैतिकताको कुरा गर्छन्, विचारको
कुरा गर्छन् । अहिलेको जमानमा पनि आदर्श, विचारको कुरा गरेर हुन्छ ? जता मल्खु उतै ढल्कु कुरो बुझ्नुमा छ क्या ?
माकुने रौतहटतिर म्याथनमा
चोक्टा छोडेर झोलमा डुबुल्की मार्ने बानी परेका माकुने यतिबेला बडो अप्ठेरोमा प¥या छन् । चुनाउमा आफ्ना ह्याउले एक्लै चुनाउमा जाने ल्याकत छैन । अरुको सहारामा यसो गंगा नुहाउन सकिन्छ भनेर जोखना हेरेर बस्या छन् । गठबन्धनको नाममा काठमाण्डौ क्षेत्र न. २ बाट चुनावमा लडौला र जितौला भन्ने कत्रो सपना देख्दै छन् । तर क्षेत्र नं. २ मा झक्कु सुवेदी जन्मेलान् भन्ने तिन्लाई साह«ै ठूलो पीर छ । भक्कु सुवेदीले सिनित्तै पार्ने देखिएपछि अहिले हस्याङ्गफस्याङ्ग गर्दै रौतहटतिर म्याराथन लगाउन थाल्या छन् । विचरालाई रौतहटमा पनि चैन छैन । गोडाचारेक महिना अगाडि रौतहटका मतदातालाई झण्डै झण्डै दोक्च्याएको विचराको आँखै अगाडि सिनेमाको रिल जस्तै फनफनी घुम्दैछ । अब माकुने के पो गर्लान् ?
मुखिनी बढारिने संकेत
वाल्वाटारे मुखिनीको हिजोआज सानो टाइफाइ छैन । नहोस पनि किन ? आखिरी वाल्वाटरे मुखिनी न परिन् । अन्तका मुखिनीको त हप्कीधप्की सानो हुँदैन । त्यसमाथि वाल्वाटारे मुखिनीको गफै नगरौ । काँग्रेसमा भुत्लोभाङ्ग लगानी छैन । तिन्का लागि वाल्वाटारे मुखियाकै नाम काफी छ । यसपाला त ती पनि कैलाली क्षेत्र न. ५ बाट चुनाउ लड्छु भन्दै खुट्टो उचालेकी छन् । मुखिया नै दाइने भएसी मुखिनीले खुट्टो उचाल्नु अनौठो पनि होइन । तर कैलाली क्षेत्र नं. ५ बाट रेशम चौधरीको जोइ रञ्जिता श्रेष्ठ चुनावमा लड्ने पक्कापक्की भएको छ । रेशम चौधरीकी श्रीमतिसँग वाल्वाटार्नी मुखिनीले चुनाउ जित्ने कुरै आउँदैन । माने मुखिनी पनि देउतीकट नलागे चिम्लीफाँक हुने भइन् ।
आखिरी बालेन भन्या बालेन नै हुन्
हात्तीको थुतुनोमा दुईवटा दाँत हुन्छ एउटा देखाउने अर्को चपाउने । प्रचण्डाउका घरबेटी भन्या शारदा अधिकारीको प्रचण्डाउ बडीगार्ड हुन् रे बालेन साहले भन्या । यसो कुराको गम खाँदा त हो कि जस्तो पो लाग्यो । देशमा सबैभन्दा धेरै ठक्का पट्टा तिनै अधिकारीले पाएका छन् । ग्याम ग्याम पेस्की लियो अनि बाटो उधिनेर छोडिदियो । कामै गर्नु नपर्ने । क्या गज्जब छ । आखिरी अधिकारीका पछाडि प्रचण्डाउ छन् । प्रचण्डाउ भएसी अधिकारीलाई कस्ले अँठ्याउने ? त्यसैै प्रचण्डाउका घर धनि ? घरधनी हुनु छ त शारदाप्रसाद अधिकारी जस्तो रिस गरेर भएन । खप्पराँ लेखेर ल्याएको हुनुपर्छ । बालेनले ठ्याक्कै पा लगाइदिएछन् ।
मंसिर ४ गते राजनीतिक फोहोर फाल्ने दिन
आगामी मंसिर ४ गते राजनैतिक फोहोर फाल्ने दिन । तीसौ बर्षदेखि दंगदंग्ती गन्हाएका फोहोर फाल्ने दिन । दुईपटक, पाँच पटक वाल्वाटर छिरेकाहरु दंगंदंती गन्हाएर नेपालीहरुको नाकै बन्द भा’छ । पिण्ड खानेबेला भैसक्दा पनि वाल्वाटारै छिर्न खोज्ने गोडा आठेक जनतालाई सिसडोलको बाटो भएर बञ्चरे डाँडामा नफालीकन नेपालीहरुको जाम भएको नाक साह«ै खुल्ने छनक छैन । यतिबेला साह«ा नेपालीहरु मंसिर ४ गते फोहोर फाल्नेदिन कुरेर बसेका छन् ।
अन्तेमा
गोडातीनेक स्वास्नी बटुलेर छोडेपछि स्वतन्त्र भएका शालिक राम पुडासैनी सिध्याउने एकजना ठग स्वतन्त्र पार्टी खोलेर हिजोआज निक्कै तामझाम गर्न थाल्या छन् । अस्तिका दिन तिनले बडो अनौठो घोषणा गरेछन् । प्रदेशसभाको निर्वाचनचाहिँ लड्दै नलड्ने रे । कहीँबाट एकआद्य सिट जित्ने भए पो लड्नु । उचालेको मृगले त बाघ मार्दैन । अरुले उचालेर पार्टी खोलेका लामिछाने प्रतिनिधिसभामा मात्र चुनाउनमा भाग लिने रे । पाँच दलीय गठबन्धनकै मुद्दा बोकेर हिडेका लामिछाने मंसिर ४ गतेपछि बेपत्ता हुने निश्चित छ, कि कसो हौ ?
