धरान । नेपालको अत्यन्तै निकटको छिमेकी मुलुक भारतको ७६ औं स्वतन्त्रता दिवस भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनौजियाद्वारा भारतको राष्ट्रगानसँगै झण्डोत्तलन पश्चात वीर शहीदहरुको स्मारकमा श्रद्धाञ्जली स्वरुप पुष्पाहार अर्पण गर्नुभएको थियो ।
सो अवसरमा इन्टर भूपू समिति व्याडमिन्टन प्रतियोगिताका विजेतिा तथा उपविजेता खेलाडीहरुलाई नगद, ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो । पेन्सन पेइङ्ग कार्यालय धरानका एडम्स क्याप्टेन कृष्णबहादुर थापाका अनुसार इन्टर भूपू समिति व्याडमिन्टन प्रतियोगितामा ६० बर्षभन्दा माथिको सिंगलमा धरानका भूपू हवल्दार किर्तिमान राई प्रथम र दमकका हनरेरी क्याप्टेन धनजित राई द्वितीय हुनुभएको थियो । यसैगरी ५० देखि ६० बर्ष उमेर समूहतर्फ डबलमा इलामका सुवेदार दिलबहादुर खण्डवा र हनरेरी क्याप्टेन नारायणप्रसाद लिम्बु विजेता बन्नु भएको थियो भने सुवेदार विकास राई र हवल्लार रामकुमार राई उपविजेता बन्नु भएको थियो । ५० बर्ष मुनी उमेर समूहमा डबलतर्फ दमकका नायक विष्णु तामाङ र लेसनायक अभिनाश राई विजेता र धरानका नायक राजकुमार राई र राइफलमेन नगेन्द्र राई उपविजेता बन्नुभएको थियो । व्याडमिन्टनको महिलातर्फ धनकुटाकी श्रीमति इन्दिरा राई, श्रीमति देवी राई विजेता बन्नुभएको थियो भने दमककी शान्ति देवी लिम्बु र बन्दना लिम्बु उपविजेता बन्नुभएको थियो । उहाँहरुलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसएसपी उमाशंकर पञ्जियार, मेजर भरत कनौजिया, मेजर डा. मुरली कृष्णले नगद, ट्रफी, प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

एता फुटबलको प्यानेल्टी सुट आउटमा एकता भूपू समिति तहरा विजेता बनेको थियो भने पेन्सन वितरण कार्यालय धरानका कर्मचारी उपविजेता बनेका थिए । प्यानेल्टी सुट आउटमा ११ टिम सहभागी भएका थिए । यसैगरी सुइ धागो प्रतियोगितामा धरान १७ का हवल्दार दिलकुमार राई र श्रीमति कला राइको जोडी विजेता बनेको थियो भने इटहरीका हनरेरी नायक सुवेदार रमनकुमार राई र धनकुमारी राई उपविजेता बन्नु भएको थियो । उहाँहरुलाई इलाका प्रशासन कार्यालय धरानका प्रशासकीय अधिकृत चुडाराज भट्टराई, दिल्ली पब्लिक स्कूल धरानका प्रिन्सिपल पिके शंइकरालिंघम, प्रा.डा. विक्रम श्रेष्ठ, मेजर भरत कनौजिया, मेजर डा. मुरली कृष्णले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा भूपू नायक जसकुमार राई, नायक रामकाजी राई, नायक पूर्णबहादुर राई, सिपाही जितेनबहादुर गुरुङ, सिपाही डम्बरबहादुर गुरुङलाई वर्किङ गेज प्रदान गरिएको थियो भने १० जना वीर नारीहरु सानुमाया राई, नरमायाँ मगर्नी, नरदेवी राई, विष्णुमाया लिम्बु, चन्द्रकुमारी दाहाल, डिकमायाँ राई, बुद्धिमाया तामाङ, चन्द्रकला गुरुङ, अर्चनादेवी राई, डिगमायाँ थापालाई कम्बल वितरण गरिएको थियो भने दिल्ली पब्लिक स्कूलका विद्यार्थीहरुले अत्यन्तै मनमोहक नृत्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि सुनसरीका प्रजिअ इन्द्रदेव यादवले छिमेकी मुलुक भारतको ७५ औं स्वतन्त्रता दिवसको अत्यन्तै ठूलो महत्व रहेको बताउनु भएको थियो । उहाँले भन्नुभयो, नेपाल भारतको तीनतिरबाट सीमा जोडिएको मुलुक हो । हामी बीच रोटी र बेटीको सम्बन्ध छ । उहाँले राज्य प्रणालीको उद्भवको कुरा समेत उठाउँदै भन्नुभयो सन् १९१९ र १९४४ मा प्रथम र दोस्रो विश्वयुद्ध भयो । सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना भयो । जसले विश्वका देशहरुमा शान्ति सुरक्षा लगायत दर्जनौ कार्य गर्दै आएको छ । त्यसै दब्रियानमा सन् १९४७ मा भारत अँग्रेजको २ सय बर्ष शासन मुक्त भयो, स्वतन्त्र भयो । यसैगरी पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मे. भरत कनौजियाले भन्नुभयो कुनै पनि देशको सार्वभौमिकता र अखण्डताको संरक्षणमा सेना, अर्ध सेनाको अहम् भूमिका रहने गरेको छ । नेपाल र भारतबीच भाइचाराको सम्बन्ध रहेकोमा सबैप्रति स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको थियो ।
