निर्वाचन आयोगको सिफारिसम गठबधन सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै पटक गर्ने घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भएपछि आम मतदाताहरु पुराना अनुहारलाई विदाई गर्नुपर्ने कुरामा चर्चा गर्न थालेका छन् । अर्थात आम मतदाताहरु पुराना अनुहारप्रति वितृष्णा गर्न थालेका छन् ।
पुरानामात्र नभएर केही निकट नयाँ अनहार प्रति समेत घृणा गर्न थालेका छन् । भर्खरै खुलेका कथित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षप्रति समेत मतदाताहरु कोही सकारात्मक छैनन् । पार्टी खोल्नासाथ तीनको तामझाम देखेर मतदाताहरु अवाक भएका हुन् । एउटै अनुहार भएका एक दुर्ई दर्जन मानिसको भिड देखाएर गाडीको लस्कर लगाएर कहिले पूर्व हानिएका छन्, कहिले पश्चिम हानिएका छन्, महँगा होटल बुक गर्छन् । भर्खर जन्मिएको पार्टको आर्थिक स्रोत के हो भन्ने प्रश्न गरिरहेका छन् । न त्यस पार्टीको परम्परागत पार्टीको भन्दा फरक सैद्धान्तिक धरातल देखियो, केवल प्रधानमन्त्री हुन्छु भनेर दौडिएको देखियो भन्दै आम मतदाताले प्रश्न गर्न थालेका छन् ।
आज ९० प्रतिशत नेपाली जनता संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा देखिएका छन् । यी दुवै आयातित एजेण्डा खारेजीको पर्खाइमा मतदाता रहेका छन् । भर्खर जन्मिएको पार्टीले जनभावना सम्बोधन हुने एजेण्डा ल्याउन सकेको पाइएन । पुरानोको भिडमा थपिने भन्दा अर्को देखिएन । पुराना र परम्परागत शैली अपनाउँदै आएका राजनैतिक दलहरुले विगत ३२ बर्षदेखि मुलुकको शासन सत्ता आफ्नो हातमा लिएका छन् । उनीहरु केवल प्रधानमन्त्री, मन्त्री हुन मात्र निर्वाचनमा होमिन्छन् । मुलुकको समृद्धि, नागरिकको जीवनस्तर उकास्न न उनीहरुसँग कुनै भिजन देखियो न उनीहरुले कुनै काम मात्र गरे । सत्ताम प्राप्त गनकै लागि उनीहरु निर्वाचन जित्न कुनै कसर बाँकी राख्दैनन् । यसका लागि सत्ता र शक्तिको आडमा धाँधलीपूर्ण निर्वाचन, डरलाग्दो आर्र्थिक चलखेल, भौतिक आक्रमण जस्ता हतण्डा अपनाउँछन् ।
वाक्क भएको नेपाली जनता जसरी भएपनि शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, खड्गप्रसाद ओली, झलनाथ खनाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, आदि नेता आगामी निर्वाचनबाट पाखा लगाउने एक प्रकारको अभियानमा जुटेका छन् । स्वतन्त्र उमेद्वारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ । सत्ता प्राप्तिका लागि जस्तोसुकै अप्राकृतिक गठबन्धन गर्न पनि यिनीहरु पछि पर्दैनन् । गठबन्धन आफूसँग विचार मिल्ने, आदर्श मिल्ेनहरुसँग हुँदा त्यसलाई एक हदसम्म मतदाता र दलकै कार्यकर्ताले पचाउन सक्छन् तर त्यो अवस्था नेपालमा पछिल्लो पटक देखिएन । मुलुकको दुर्शशापूर्ण राजनीतिक अवस्था सुधारको स्पष्ट योजना लिएर यतिबेला मुलुकका दक्ष युवाहरु जुर्मुराएका छन् । उनीहरु स्वतन्त्र रुपमा दलका उमेद्वार विरुद्ध आफ्नो उमेद्वारी दिँदै आएका छन् । स्थानीय निर्वाचनको परिणाले समेत स्वतन्त्र उमेद्वारहरुलाई मुलुकका महत्वपूर्ण स्थानमा स्थापित गराएकोले युवाहरु थप उत्साहित बन्न पुगेका हुन् ।
