जनता भड्काउने कार्य गर्नुहुन्न

खाँदबारी । प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री शेरधन राईले वर्तमान मुख्यमन्त्री राजेन्द्र राईकै कारण प्रदेशको नामांकन हुन नसकेको आरोप लगाउनु भएको छ ।


श्रावण २३ गते संखुवासभाको खाँदबारी पुगेका पूर्व मुख्यमन्त्री राईले एमाले निकट सञ्चारकर्मीहरुको प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त आरोप लगाउनु भएको हो । वर्तमान मुख्यमन्त्री राइले जनभावना विपरीत बोल्ने, भड्काउपूर्ण अभिव्यक्ति दिने तर प्रदलेशको नामांकनमा सहजीकरणको भूमिका निर्वाह गर्न नसक्दा प्रदेशनले नाम पाउन नसकेको बताउनु भएको थियो ।
पूर्व मुख्यमन्त्री राईले भन्नुभयो, एउटा जिम्मेबार पदमा बसेको मान्छेले जनता भड्काउने गतिविधि किमार्थ गर्न हुने थिएन । नामाइंकनका लागि एमलोभित्र कुनै विवाद छैन, एमालेका सबै सांसद एकढिक्का कछन् । तर काँग्रेस र गठबन्धनका अन्य दलले खुट्टा कपाएको राइको भनाई थियो । उहाँले भन्नुभयो, एमाले कोशी, सगरमाथा, विजयपुर, सप्तकोशी, किराँत लगायतका नाममा छलफल गर्न तयार छ तर गठबन्धनकै अन्य दलहरु उदाशीन देखिएको उहाँको कथन थियो । उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचनमा हालका गठबन्धनका दलहरुसँग एमाले एक्लै लड्न काफी छ । राई जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणका लागि स.खुवासभा पुग्नुभएको हो ।

तपाईको प्रतिक्रिया