शारा थापा स्मृति प्रतिष्ठानद्वारा पाचौ बार्षिकोत्सवका अवसरमा गुरु र चिकित्सकहरुलाई सम्मान

धरान । शारा थापा स्मृति प्रतिष्ठानले आफ्नो पाँचौ बार्षिकोत्सवका अवसरमा शिक्षा क्षेत्रमा आजीवन समर्पित रही सेवा निवृत्त हुनु भएका अग्रज गुरु र धरानलाई कर्मक्षेत्र बनाई चिकित्सा क्षेत्रमा समर्पित चिकित्सकहरुलाई आइतबार एक विशेष  समारोहबीच सम्मान गरेको छ । शिक्षा र साहित्य क्षेत्रमा केही गरौ भन्ने उद्देश्यले आजभन्दा पाँच बर्ष अगाडि शान्तिलता र अग्रेजी साहित्यका मुर्धन्य विद्वान राजेन्द्रबहादुर थापाको स्मरणमा छोरा वीरेन्द्रसिंह थापाले शारा स्मृति प्रतिष्ठान गठन गर्नुभएको थियोे ।


प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका बीरेन्द्रसिंह थापाले यस भन्दा अगाडि विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता, कवि गोष्ठी, रुग्ण विद्यालयमा यथाशक्य भौतिक सामााग्री प्रदान गर्दै आउनु भएको छ । यसका लागि अध्यक्ष वीरेन्द्रसिंह थापाले आफ्नो पेन्सनको आधा रकम प्रतिष्ठानमार्फत यिनै प्रयोजनका लागि खर्च गर्दै आउनु भएको छ ।
प्रतिष्ठानले स्थानीय पब्लिक माध्यामिक विद्यालय विद्यालयको प्राविधिक भवनको सभाहलमा आयोजना गरेको कार्यक्रममा गुरुहरु पब्लिक हाइस्कूलका पूर्व प्रधानाध्यापक राजेन्द्रप्रसाद आचार्य, शारदा माविका पूर्व प्रधानध्यापक चन्द्रप्रसाद श्रेष्ठ, शिक्षा सदन माविका पूर्व प्रधानाध्यापक श्याम कटवाल, शिक्षा निकेतन माविका पूर्व प्रद्यानाध्यापक गोकुल श्रेष्ठ, चन्द्र सँस्कृति माविका पूर्व प्रद्यानाध्यापक विष्णु दाहाल, जनता मावि मधेशाका पूर्व प्रद्यानाध्यापक महेन्द्र झा, पब्लिक माविका पूर्व प्रद्यानाध्यापक कमल पोख्रेल, धु्रव पराजुली, विष्णु शर्मा, दानकुमारी मास्के, विजय पौड्याल, दलबहादुर छाया, कुमारमान श्रेष्ठ, पदमकुमार श्रेष्ठ, टेकबहादुर राई, टिकाप्रसाद ढुंगेल, मोहनलाल हलुवाई, टिकाप्रसाद रिजाल, पूर्णबहादुर श्रेष्ठ, शेषुप्रसाद गुरागाई, जीवनप्रसाद आचार्य, कृष्णप्रसाद श्रेष्ठ, भद्रमान श्रेष्ठ, गोपालप्रसाद वाग्ले, केशवप्रसाद वाग्ले, कुन्ता शर्मा, लिला पोखरेल, नर्वदा पोखरेल, शान्ता खनाल गरी ३० जना गुरुहरुलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसैगरी लामो समयदेखि धरानलाई कर्मक्षेत्र बनाई धराबनासीलाई हरक्षण चिकित्सा सेवा प्रदान गर्दे आउनु भएका मरणोपरान्त डा. ज्ञानबहादुर श्रेष्ठ, डा. तपनकुमार तरफ्दार, डा.हरिप्रसाद शर्मा (दहाल), डा. खालिद हुसैन हकलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनुहुने गरु वर्ग र चिकित्सकको व्यक्तिगत वितरण शिक्षक विष्णुप्रसाद खतिवडाले बाचन गर्नुभएको थियो ।
सो अवसरमा सम्मानित हुनुहुने गुरुवर्गको प्रतिनिधित्व गदै बालिका माविका पूर्व प्रद्यानाध्यापक चन्द्रप्रसाद श्रेष्ठले सम्मान गर्ने शारा स्मृति प्रतिष्ठानप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियोे । सम्बोधनका क्रममा उहाँ भावुक देखिनु भएको थियो । उहाँले भन्नभयो थापा परिवारको धरानको शिक्षा क्षेत्रमा अतनुलनीय योगदान रहेको छ । वि.सं. २००३ सालमा पब्लिक माध्यामिक विद्यालय स्थापनामा सूर्यबहादर थापाको योगदानको चर्चा गर्दे आफ्नो पिताले पनि विद्यालयका लागि जग्गा प्रदान गरेको स्मरण गर्नुभएको थियो । उहाँले भन्नुभयो समाजमा नयाँ पुस्ता केही भड्किएको देखिन्छ, अग्रजहरुलाई सम्मान गर्ने सोच हराउँदै गएको उहाँको गुनासो थियो । यसैगरी चिकित्सकका तर्फबाट सम्माति हुनु भएका डा. खालिद हुसैन हकले सम्माति चिकित्सकको तर्फबाट सम्बोधन गर्दे भन्नुभयो स्व.डा. ज्ञानबहादुर श्रेष्ठ, डा. तपनकुमार तरफ्दार, डा. हरि शर्माको योगदानको चर्चा गर्नुभएको थियो । उहाँले आफ्नो बारेमा प्रसंग कोट्याउदै भन्नुभयो ढाकाबाट अध्ययन पूरा गरेर आएपछि पहिलो पोस्टिङ धरान अस्पतालमा भएको स्मरण गर्नुभयो । सरकारले बाम्बार काठमाण्डौमा बसेर काम गर्न आग्रह गर्दा आफूले धरानै रोजेको उहाँले बताउनुभयो । रंगेली अस्पतालपछि आफूले धरानमा बसेर प्राक्टिस गरेको र हालसम्म निरन्तर रहेको बताउदै आगामी दिनमा आफू राजनीतिमा सक्रिय रहने र आगामी संघीय निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाट उमेद्वारी दिने पनि उहाँले सुनाउनुभयो । समय निकालेर फुर्सदको समयमा धरानबासीको औषधोपचारमा पनि सक्रिय रहने उहाँले सुनाउनुभयो । सो अवसरमा शारा स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रसिंह थापाले आफ्ना मातापिताको नाममा पब्लिक हाइस्कुमा ५० हजारको अक्षय कोषको घोषणा समेत गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा भाषा वैज्ञानिक प्रा.डा. माधवप्रसाद पोखरेल रहनु भएको थियो । प्रतिष्ठानका सदस्य विष्णु बरालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा प्रा.डा. राजेन्द्र शर्मा, सह प्रा.डा. हरि दाहाल, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले पनि बोल्नु भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य मोहन श्रेष्ठले दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया