पहिचान र जातियताका कारण देखाउँदै प्रदेश नं. १ को नामांकन हालसम्म हुन नसकेको देखिन्छ । पहिचानको अर्थ हो सबैले चिन्ने, सबैले जानेको कुरालाई पहिचान भनिन्छ ।
कुनैपनि वस्तुको पहिचान विना चिन्न सकिदैन, पहिचान नहुनु जटिल कुरा हो । यहाँ बसोबास गर्ने जातजातिहरु सदियौदेखि अहिलेसम्म रहँदै बस्दै आउनु भएका नेपाली भूमिमा आ–आफ्नै शैली, आफ्नै भाषा, धर्म, सँस्कृति, सँस्कार, रितिरिवाज मान्दै आउनुभएका हामी सबै नेपाली हौं । भूगोल वा पहिचानका आधारमा प्रदेशको नामांकन हुनुपर्छ भन्ने हुनुपर्छ भन्नेहरुप्रति किन सरकारले अड्को थापेर कोशी, सगरमाथा, मेची राख्न खोज्दैछ ? कोशी, सप्तकोशी, सगरमाथा राख्यौ भने त्यसले ती भोगका जनतालाई गर्व होला तर त्यसले भुगोल र पहिचान हराउँछ । त्यसैले प्रदेश एकलाई किराँत प्रदेश राख्दा सबैलाई समेट्न सकिन्छ । ३ नं. किरात प्रदेश नं. १ लाई समेट्न सक्छ । वल्लो किराँत, माझ किराँत र पल्लो किरात २,३,४,५ ६ नंं. काठमाण्डौ पूर्वका ऐतिहासक भूभाग हो ।
जातीय आधारमा माग गर्नेहरु जस्तै खम्बुवान, लिम्बुवान, तासालिङ्ग, मगराती, थारुवान यी सबै ती जात जातिका लागि ठीकै हो । यसो भएमा प्रदेशमा द्वन्द्व बढ्छ । यी सबै आ–आफ्नै ठाउँमा छ । यसमा केही सत्य पनि होला तर यसमा किराँतचाहिँ जातीय होइन । किरात एउटा पहिचान हो । यसलाई प्रमाणका साथ भन्नुपर्दा पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नुभयो । देश चलाउनका लागि विधिविधान बनाउदै काठमाण्डौ पूर्वलाई २,३, ४,५,६ नम्बर दिइयो । यसका साथ साथै वल्लो किरात, माझ किराँत, पल्लो किराँतको नमाकांकन भयो । त्यसैका आधारमा अड्डा अदालत चले, तमसुक लेख्दा, जग्गा जमिन पास गर्दा वल्लो किराँत, माझ किराँत र पल्लो किरात लेखियो । अहिले जसरी गाउँ पालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छन् त्यस्तै त्यसबेला त्यस्तो नियम थियो । त्यसैले किराँत जात होइन पहिचान हो । हामी सबैले मनन गरी यसको जतन गरौं ।
इन्द्र टक्का
धरान–१६, पुण्यमार्ग
