राप्रपाद्वारा राष्ट्रघाती नागरिकता विद्येयक खारेजीको माग

धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले पछिल्लो समय ल्याएको नागरिकता सम्बन्धी विद्येयक खारेजीको माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समितिले शनिवार विद्येयक खारेजीको माग गर्दै धरानको छाताचौकबाट निकालेको वृहत जुलुस भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली स्थानीय नेतृत्वहरु लक्ष्मण बस्नेत, पूर्णमाया राई, नरेश शाक्य लगायतका सैयौ कार्यकर्ता सम्मिलित जुलुसले राष्ट्रघाती नागरिकता विद्येयक खारेज गर, संघीयता खारेज गर, अव्यवस्थित मूल्य बृद्धि व्यवस्थित गर, महिला हिंसा बन्द गर, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर भन्ने नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया