श्रेष्ठ सचिवमा सर्वसम्मत चयन

धरान । निर्माणाधीन बीपी कोइराला संग्राहालय तथा अनुसन्धान केन्द्रको सचिवमा नेपाली काँग्रेसका सशक्त युवा नेता उमेश श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । बीपी कोइराला संग्रहालय तथा अनुसन्धान केन्द्रका सयोजक विश्वराज शर्माको अध्यक्षतामा आइतबार बसेको पूर्ण बैठकले श्रेष्ठलाई सचिवमा सर्वसम्मत चयन गरेको हो ।


धरान उपमहानगरपालिका वडा नं. १३ र २० को मध्यभागमा दुई बर्ष अगाडि परिवर्तनशील समाजले बीपी कोइरालाको पूर्ण कदको शालिक निर्माण गरेको थियो । समाजका अध्यक्ष समेत रहनु भएका शर्माले दिनुभएको जानकारी अनुसार चाँडै नै बीपीको पूर्ण कदको शालिक रहेको परिषरमा संग्राहायलय तथा अनुसन्धान केन्द्र निर्माण गरिनेछ । यसका लागि भवनको डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन सबै भइसकेको केन्द्रका संयोजक शर्माले बताउनुभयो । केन्द्र निर्माणका लागि आर्थिक स्रोत कसरी जुटाउदै हुनुहुन्छ त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो नेपाली काँग्रेसका केन्द्रीय प्रभावशाली नेता र धरान उपमहानगरपालिकाले समेत सहयोग गर्ने आश्वासन दिएको उहाँले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया