झरिले छोएन बोलबम भक्तजनहरुलाई

धरान । लगातारको् झरी र कोरोनाको प्रवाह भक्तजनहरुले् नगरेको पाइएको छ । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने भक्तजनहरुको घुइँचोले यही कुराको पुष्टि गरेको छ । दुई बर्ष कोरोना संक्रमणले सबै क्षेत्र ठप्प हुदा मन्दिर समेत बन्द थिए । जसले गर्दा प्रत्येक बर्ष लाग्ने बोलबम मेला दुईबर्ष लागेन । सरकारले मन्दिरलाई समेत निषेधित क्षेत्र घोषणा गर्दै भीडभाड हुन नदिएपछि बोलबम मेला नलागेको हो । तर फेरि कोरोना संक्रमण बढ्दै गएको अवस्था छ । तर पनि सर्वसाधारणलाई यसको प्रवाह छैन । झरीको वेवास्ता गरी उनीहरुले धरानदेखि १७ किमी टाढा रहेको् सुनसरीको सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरमा घण्टौ लाइनमा उभिएर जल चढाएका छन् ।


सप्तरीका दिपककुमार साह आइतबार सवारी साधनमै धरान आउनु भएको् थियो । सार्वजनिक सवारी साधनमा परिवार तथा साथीभाईसँग आउनु भएका उहाँ सवारी साधनमै चतरा पुग्नुभयो । विहान चतराबाट खाली खुट्टा हिडेर पिण्डेश्वर मन्दिरमा जल चढाउन आउनु भएका उहाँले बर्षौदेखिको भाकल पूरा गर्न पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताउनुभयो । विगतमा भन्दा बाटो सजिलो भएपनि बाघखोला भन्ने ठाउँमा भने समस्या भएको उहाँ बताउनुहुन्छ । धर्मप्रतिको आस्था र जल चढाउदा मनोकांक्षा पूरा हुने भएपछि जल चढाएको उहाँ बताउनुहुन्छ । यस्तै सुनसरी इटहरी पकलीका गिरिराज दवाडीलाई पानी जल चढाउन कोरोना र बर्षाद्ले् रोकेन । सवारी साधनमै परिवारसँगै चतरा पुगेर सप्तकोशीको जल चढाउन पिण्डेश्वर मन्दिरमा लाइनमा लाग्नु भएका उहाँले धर्मले आत्मबल बलियो बनाउने तर्क राख्नुभयो । घण्टौ लाइनमा उभिएर पनि जल चढाउन आतुर रहनु भएका दवाडीले आफूलाई बर्षाद र कोरोनाको कुनै प्रवाह नभएको बताउनुभयो । त्यस्तो त पिण्डेश्वर बाबाधाम समितिका संस्थापक सदस्य मोहन श्रेष्ठ समेत स्कुटीमा चतरा पुगेर पिण्डश्वर मन्दिरमा जल चढाउन आइपुग्नुभयो । २०३९ सालमा कोशीको पानी ल्याएर जल जढाउने धरानेमध्ये एक उहाँले विगतको भन्दा सडक सञ्जाल राम्रो हुदा त्यति समस्या नभएको बताउनुभयो । उहाँले बाटोमा पर्ने बाघ खोलामा पुल नहुदा लगातार आएको बर्षाका कारण स्कुटी चलाउन भने केही समस्या भएको बताउनुभयो ।
बोलबम मेलाको तेस्रो दिन भक्तजनको संख्या बढेको भएपनि कोरोना र बर्षादको कारण केही कम भएको श्रेष्ठ बताउनुहुन्छ । पिण्डेश्वर बाबाधाम समितिका अनुसार तेस्रो सोमबार पिण्डेश्वर मन्दिरमा जल आउनेको संख्या करिब ५ हजार  रहेको बताएको छ । आइतबारदेखि नै मन्दिर खुल्ला गरिएकोले रातिदेखि नै लाइन लागेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । धार्मिक आस्था प्रगााढ भएकै कारण भक्तजनहरु जल चढाउन आएको उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया