धरान/झण्डै २७ बर्ष लामो इतिहाास बोकेको धरान १६ लेखनाथ चौकस्थित रहेको नवोदय विद्या मन्दिर उच्च मावि पछिल्लो केही बर्ष यता विद्यार्थीहरुका लागि शैक्षिक आकर्षणको केन्द बन्दै गएको छ ।
जिल्ला शिक्षा कार्यालय सुनसरीको तथ्यांक अनुसार जिल्लामा संस्थागत विद्यालयहरुको संख्या तीन सय रहेको छ भने धरानमा मात्र संस्थागत विद्यालय ६७ वटा रहेका छन् । जसमा प्राविको संख्या १२, निमाविको संख्या ६, माविको २७ र उच्च माविको १२ वटा रहेका छन् । यसमध्ये कतिपय विद्यालयहरु प्रा.वि तथा निमाविसम्म सञ्चालन भएपनि उनीहरु बिना दर्ता सञ्चालनमा रहेको शिक्षा क्षेत्रकै विज्ञहरु बताउाछन् ।
यसो हुनुको प्रमुख कारण शिक्षालाई सेवा र राष्ट्रको मेरुदण्ड सम्झने भन्दा पनि सहज व्यवसायतर्फ उन्मुख हुनेहरुकै सक्रियता हो । जे होस् २०४५ साल वैसाख २ गते गुणस्तरीय शिक्षा दिने एकमात्र उद्देश्यका साथ स्थापना भएको नवोदय उच्च माविले आफ्नो एउटा छुट्टै इतिहास बनाउन सफल भएको छ । कक्षा नर्सरीमा भर्ना भएपछि विश्व विद्यालय तहसम्मको एउटै शैक्षिक संस्थाबाट शिक्षा आर्जन गर्न पाउनु अभिभावक र विद्यार्थीका लागि अत्यन्तै खुसीको कुरा हो । विद्यालयको शैक्षिक स्तर, विद्यार्थी अनुशासनका लागि विद्यालय सञ्चालकबाट अपनाइएका विधि, अन्य विद्यालयको तुलनामा निताान्त भिन्न र पृथक रहेको पाइन्छ । शैक्षिक सत्र शुरु हुनासाथ भाइरसको रुपमा मौलाउादै गएको अविभावक फकाउने प्रवृत्तिले नवोदय विद्या मन्दिर उच्च माविलाई स्थापना कालदेखि आजका दिनसम्म कुनै असर पारेको पाइादैन ।
सडक पेटीमा भद्दा ढंगले विद्यार्थी आकर्षण गर्न बनाइने गेट, आकर्षक नारा अनेकौ स्किमसाग नवोदय विद्या मन्दर उच्च माविले आजसम्म कुनै चासो र सरोकार समेत राखेको पाइदैन । गुणस्तरीय शिक्षा, उपयुक्त वातावरण र अनुशासन भएपछि भद्दा गेट, सस्तो पोष्टर, पम्प्लेट अनि विभिन्न प्रलोभन देखाएर अभिभावक र विद्यार्थी फकाउनु नपर्ने विद्यालयको मान्यता रहादै आएको छ । वि.सं. २०६३ सालमा मावि संचालन भएपछि विद्यालयले विशिष्ठ श्रेणी सहित सतप्रतिशत नतिजा ल्याउन सफल भएको
छ । यतिमात्र होइन नवोदय विद्या मन्दिर उच्च मावि सञ्चालकबाटै सञ्चालित युएन कलेजको नतिजा समेत पूर्वाञ्चलमै उत्कृष्ट रहेको छ । आज धरानका स्थानीय अभिभावकहरु मात्र हैन टाढा टाढाबाट पनि आफ्ना नानीहरुको शिक्षालाई ध्यान दिएर आउने गर्छन् । नवोदय विद्या मन्दिर उच्च माविका प्राचार्य निरकुमार राई भन्नुहुन्छ, गुणस्तरीय शिक्षमाा हामी कसैसाग सम्झौता
गर्दैनौं । यहााबाट उत्तीर्ण विद्यार्थीहरु आज अन्यत्र पनि उत्कृष्ट भएका छन् । यसले हामीलाई थप हौसला प्रदान गरेको, प्राचार्य
राईको कथन छ ।
