२०६७ सालमा स्थापना भएपनि २०६९ सालदेखि सञ्चालनमा आएको युएन कलेज धरानका प्रमुख हुनुहुन्छ डम्बर तुम्वाफो । यस कलेजका सम्बन्धमा संस्थापक सञ्चालक समेत रहनु भएका तुम्वाफो भन्नुहुन्छ, धरानमा जति पनि कलेज त्रिभुवन विश्व विद्यालयसाग सम्बन्धन लिएर चलेका थिए अलिकति ट्रेडिसनल रुपमा गए । थेउरी नलेजमात्र दिने प्राक्टिकल नदिने देखियो । भोलि गएर त्यस्ता विद्यार्थीले आफ्नो जब, आफ्नो करिअर डेभलोप गर्न नसक्ने देखियो । त्यसैले हामीले यसलाई फरक ढंगबाट चलाउ भनेर विश्व विद्यालयकै प्रोफेसर, लेक्चरहरुसाग मिलेर उहााहरुको कोअनिेशनमा हामीले सञ्चालनमा ल्यायौ । त्रिभुवन विश्व विद्यालयसाग सम्बन्धन लिएर सञ्चालन भएको युएन कलेजको लामो इतिहास नभएपनि यसले छोटो समयमै विद्यार्थीमा ठूलो प्रभाव पार्न सक्यो । स्थापनाको पहिलो बर्षमा धरानका नामी उच्च माविहरुका टप टप विद्यार्थीहरुले युएन कलेज रोजे । अहिेले उनीहरु दोस्रो बार्षमा अध्ययन गरिरहेका छन् । उनीहरु धरान उच्च माविको टप विद्यार्थी मनिषा चौधरी, नाष्ट कलेज, पानमारा, नवोदयका सबै यही पढिरहेका छन् ।
दोस्रो बर्ष रन भइरहेको छ । धरान टपर नवोदयका विद्यार्थी कञ्चन सुवेदी यही अध्ययन गरिरहेका छन् । यो फेजमा युएन कलेजले के के गर्यो त भन्ने कुरामा तुम्बाफो भन्नुहुन्छ, न्यू भिजन एण्ड मिसन अनुसार स्थापना भएकोले यो फरक ढंगले सञ्चालन भइरहेको छ । फरक ढंगले भन्दा म्यानेजमेन्ट स्टिम साच्चै भन्नुपर्दा नवोदय युएन एक्पोक्सीब्ली म्यानेजमेन्ट कलेज हो । यहाा म्यानेजमेन्ट स्टिम अन्तर्गत मात्र पढाई भइरहेको छ । हाम्रो उद्देश्य नै ब्राण्ड बन्ने हो । अहिले होटल म्यानेजमेन्ट , कमर्श, विविएस रुचाउने छन् । हामीले प्रोपज पनि म्यानेजमेन्टमै गरेका छौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विएचएम प्रोग्राम, विआइएम प्रोग्राम,
पोखरा युनिभर्सिटीको विविए प्रोग्राम अप्लाई गरिसकेका छौं । यिनीहरु प्रपोज प्रोग्राम हो । हामी पहिला म्यानेजमेन्टमा ब्राण्ड बन्ने र त्यसपछि मात्र अन्य स्टिमकिो जाने तुम्बाको कथन छ ।
कुनै पनि स्टिममा निखार ल्याएपछि मात्र प्युरिटी आउाछ । युएन कलेजले सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने कुरा सञ्चालकले माइन्युटिङ्ग नै
गरेको छ । समाजलाई केही योगदान गर्ने निर्णय भएको छ । धरानलाई पूर्वाञ्चलको एकेडेमी हव बनाउने सोच सञ्चालकको छ । यसलाई शैक्षिक केन्द्रको रुपमा स्थापना गर्नका लागि धरानमा नभएका विषयहरु जुन यहााका अभिभावकले धेरै खर्च
गरेर पढ्न काठमाण्डौ, बाहिर पढाउनुपर्ने बाध्यता छ । त्यसलाई रोक्न , सहज बनाउन जनता, अभिभावकको मागलाई सम्बोधन गर्नका लागि विएचएम सञ्चालन गरेका हौं । यहाा होटल म्यानेजमेन्टमा व्याजलर छैन तर यहाा डिमाण्ड धेरै छ । हामीले यस बीचमा समाजमा योगदान दिनेलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता अनुरुप केही दिन अगाडि त्रिविका म्यानेजमेन्ट संकायका सहायक डिन विष्णुहरि कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुई जना सञ्चारकर्मिहरुलाई सम्मान गरेका
थियौ । म क्याम्प प्रमुखको हैसियतले यही बेला घोषणा गरे हरेक कार्यक्रममा समाजमा योगदान गर्ने सम्मान गर्ने । खेदकुद सप्ताहमा धरान १६ का मनाङ्ग मस्याङ्गदी जस्तो राष्ट्रिय फुटबल टिममा खेल्नु हुने खेलाडी शिव रानालाई सम्मान गर्यौ । नवोदय उच्च मावि र युएन कलेजले समाजमा योगदान गर्नेलाइ सम्मान गर्नुपर्छ भन्ने मान्यता राखेका छौं । नवोदय उच्च मावि र युएन कलेजलाई फरक ढंगले चलाऔ भन्ने हाम्रो सोच छ । केही दिन अगाडि सरस्वती बाल अनाथाश्रमलाई शैक्षिक सामाग्री वितरण गर्यौं । शिक्षा नै राष्ट्र विकासको मेरुदण्ड हो । समय क्रमसागसागै सामाजिक गतिविधिमा सक्रिय रहने क्याम्पस प्रमुख तुम्वाफोको कथन छ ।
