होटल म्यानेजमेन्टको भविष्य उज्वल छ–गंगा श्रेष्ठ, होटल म्यानेजमेन्ट कोअर्डिनेटर (युएन कलेज–धरान–१६)

पूर्वाञ्चलमै होटल म्यानेजमेन्टको सवालमा विद्यार्थी संख्याका आधारमा युएन कलेज पहिलो हो, यहााको रिजल्ट अत्यतै राम्रो छ । लगभग ९० प्रतिशत रिजल्ट
राम्रो छ , एकथरिको सोचाई छ होटल म्यानेजमेन्ट पढ्नु भनेको भान्से नै हुनुपर्छ । यसमा के भन्नुहुन्छ भन्ने सवालमा युएन कलेज होटल म्यानेजमेन्ट कोअर्डिनेटर गंगा श्रेष्ठ भन्नुहुन्छ नेपालमा यस्तै कन्सेप्ट थियो पहिला अहिले त्यो छैन । मैले होटल म्यानेजमेन्ट पढ्दा मलाई पनि त्यस्तै भनिन्थ्यो । वास्तवमा होटल म्यानेजमेन्ट भान्से अर्थात कुकिङ्ग गर्नुपर्छ भन्ने छैन । होटल म्यानेजमेन्टमा चारवटा डिपार्टमेन्ट हुन्छ । फ्रन्ट अफिस, हाउस किपिङ्ग, फुड वेभरेज र फुड प्रोडक्सन सर्भिस । फ्रन्ट अफिस भनाले होटलमा आउने पाहुनाको स्वागत गर्ने, उनीहरुको रजिष्ट्रेशन गर्ने, रुम अलाउड गर्ने काम हुन्छ । हाउस किपिङ्ग भन्नालेचाहिा रुमहरुलाई सजाउने, होटलाई डेकोरेट गर्ने, सरसफाई वा हाइजेनिङ्ग बनाउने काम हुन्छ । फुड एण्ड वेभरेज सर्भिस भन्नाले रेष्टुरेन्ट वारको डिपार्टमेन्ट हो । यसमा फुड, वेभरेज कसरी सर्भिस गर्ने, कुन कुन प्लेटमा दिने कसरी दिने कुन किमिसको खाना हो त्यो सबै डिपार्टमेन्टले गर्छ । त्यसपछि फुड प्रोडक्सनचाहिा भान्से हो । पियोर नेपालीमा भन्ने हो भने भान्से नै हो । विभिन्न किसिमका अन्तर्राष्ट्रियस्तरको खानाहरु, खाना मात्र भन्छौ । खानामा धेरै कुरा हुन्छ । अलग–अलग किसिमका क्विजन हुन्छ । चाइनिज, कन्टिनेन्टल, जापानिज हुन्छन् । कुन कुन तरिकाले सर्भ गर्ने, सबै कुरामा ध्यान दिनुपर्छ ।
होटल म्याजेमेन्टको चारवटा डिपार्टमेन्टको कोर्ष त एउटै होला हैन भन्ने सवालमा श्रेष्ठ भन्नुहुन्छ, एउटै हो । होटल म्यानेजमेन्टमै सबै पर्छ । नोकरीको अवधिमा कसको कस्तो भाग्य छ त्यही अनुसार काम पाउाछ भन्ने अर्को सवालमा उहाा भन्नुहुन्छ हैन हैन उसको इन्ट्रेसमा भर पर्छ । प्लस टुमा सबै कुरा गरिएको हुन्छ । यो वेसिक हो । व्याचरलरमा गएपछि पनि फस्ट, सेकेन्ड, थर्ड, फोर्थ सम्म सबै कुरा हुन्छ त्यसपछि लास्ट सेमिस्टरपछि छुट्टिन्छ । उ कता जाने हो ? कुन लाइनमा जाने हो । यसभन्दाबाहेक अरु पनि छ सेल्स एण्ड मार्केटिङ्ग तिर पनि जान सक्छ । म्यानेजमेन्टपट्टि पनि जान सक्छ । होटलमात्र हैन योसागसंगै म्यानेजमेन्टमा सबै कुरा हुन्छ । अहिले हामी के पढाउाछौ भन्ने सवालमा कोअर्डिनेटर श्रेष्ठ भन्नुहुन्छ हामी सबै पढाउाछौं । म्यानेजमेन्टको सब्जेक्ट र होटलको सबै वेसिक कोर्ष पढाउाछौं । यो बेसिकलाई पनि पूर्वमा विएचएम कलेज नभएकोले गर्दा ठूलो मानिन्छ । पूर्वमा विएचएम कलेज छैन । काठमाण्डौमा यसलाई वेसिक मात्र लिइन्छ । यसमा खासै त्यस्तो प्राक्टिक हुादैन । विएचएम नभएकोले कोर्षले भनेको भन्दा पनि एक्ट्रा गरेका छौं । प्राक्टिकलमा विएचएम फस्ट, सेकेन्ट सेमिस्टरहरुले गर्ने कुरा हामीले गरेका छौं । यो दुई बर्षे कोर्ष पछि विद्यार्थीहरु कहाा जान्छन् भन्ने सवालमा उहाा भन्नुहुन्छ हामीले विएचएमको लागि हामीले पनि आवेदन गरेका छौं । अर्को बर्षदेखि यहीबाट हुन्छ । नेपालमा ३ ठाउमा मात्र छ विएचएम । काठमाण्डौ, पोखरा र विराटनगर ।
यसको भविष्यका सम्बन्धमा श्रेष्ठ भन्नुहुन्छ, होटल म्यानेजमेन्टको भविष्य उज्वल छ । टुरिजम भनेको घुम्न जानु हो । फ्रेश हुनु, नयाा ठाउाको अवलोकन गर्न जानुलाई टुरिजम भनिन्छ । टुरिजम धेरै प्रकारका हुन्छन् । वेलविङ्ग, हेल्थ
टुरिजम हुन्छ । बीपीमा आउने विरामी हेल्थ टुरिजम हुन । बीपीमा आएका
विरामीहरले, उनीहरुका आफन्तहरु होटलमा बस्छन्, खानेकुरा खान्छन्् । लिजर टुरिजम, रिलिजन टुरिजम पनि हुन्छन् । पहिले सबैभन्दा बढेको उद्योग भनेको आइटी इण्डष्ट्रिजलाई मानिन्थ्यो । तर अहिले टुरिजम इण्डष्ट्रिज ठूलो भएको छ । त्यसभन्दा अगाडि अटो मोवाल्स थियो, धेरैलाई रोजगारी दियो । त्यो पनि विस्तारै डाउन हुादै गयो । सबैको समय हुन्छ । तर टुरिजम इण्डष्ट्रिजले कहिल्यै पछाडि फर्केर हेरेको छैन । मानिसको आयु बढ्दै गएको छ । बर्षमा एकपटक घुम्न जाउ भन्ने हुन्छ । सबै भन्दा
रोजगारी दिने उद्योग टुरिजम इण्डष्ट्रिज हो । हाल युएन कलेजमा कति विद्यार्थी छन् भन्ने सम्बनधमा उहाा भन्नुहुन्छ, हाल यहाा ३ सय ५० जना छन् । आÏना विद्यार्थीलाई के भन्न चाहनुहुन्छ भन्दा श्रेष्ठको कथन छ, उनीहरुले जुन सब्जेक्ट रोजेका छन सही सब्जेक्ट रोजेका छन् । यसको मार्केट नेपाल मात्र हैन संसारका कुनै पनि देशमा हुन्छ । यो ग्लोबल मार्केटमा जान्छ । होटल म्यानेजमेन्टको कोर्ष अन्तर्राष्ट्रिय हुन्छ । त्यसैले पनि ऊ जहाा पनि विक्छ । यो सब्जेट पढेपछि
रोजगार नपाउने भन्ने नै हुादैन ।

तपाईको प्रतिक्रिया