घण्टाघरबाट हेर्दा

विरोध सुन्नै सक्दैनन् मुखिया
हाम्रो देशमा एकजना सर्वोच्च पदमा आसीन तोत्यांग्रे मुखिया बा छन् । उनी आफ्नो विरोध गर्नेलाई पुलिस लगाएर अँठ्याउन लगाउँछन् । डण्ठा हान्न लगाउँछन् । कम्युनिस्टले चुनाउ जिते रुन पनि पाइँदैन भनेर पहिला पहिला कुर्लन्थे । हिजो आज कम्युनिस्टलाई काँधमा बोक्न पाएनन् भने तिन्लाई आँची पनि आउँदैन । आफन्तलाई छिछी दुरदुर गर्छन् मुखिया बा’ । कसैले नबुझे नि भाषन ठोक्दा भन्ने गर्छन् र्मैले बोल्न, विरोध गर्न पाउनुपर्छ भनेर आजीवन संघर्ष गरें । तर मुखिया बा’ आफ्नो विरोध सुन्नै सक्दैनन् । एमसिसी र एसपिपी हुलेर रातारात करोडौको व्यापार गर्न विचराले न्वारानदेखिको बल लगाएका छन् । एमसिसीको व्यापारमा सफल भए नि एसपीपीको व्यापारमा विचरा सफल हुन सक्या छैनन् । जोड गरिरा’छन् । दुवै व्यापार घातक हो भनेर अस्तिका दिन गोडापाँचेक युवाले तिन्का कानैमा पुगेर चर्को स्वरमा चिच्याएका थिए । अहिले सबैलाई ठिंगुरामा हालेछन् । तिन्ले विरोध गर्न पाउने र बोल्न पाउनुपर्छ भन्ने गरेको आन्दोलनले हावा खाएछ ।
चुनाव नलड्ने रे


माउवादीका अध्येक्षे प्रचण्डाउ आगामी मंसिरतिर हुने प्रतिनिधि सभाको चुनाव नलड्ने रे । राम्रै निर्नय लिएछन् । चुनाउ त जित्नलाई पो लड्ने हो त । विचरालाई जित्ने आशै छैन । काँग्रेसको काँधमा बसेर विस्ट्याउने बानी परेका प्रचण्डाउलाई यस पटक काँग्रेसका कार्जेकर्ताले पाहाँ भ्यागुतो पछारेझैँ पछार्ने योजना बनाएका छन् । काँग्रेसको कार्जेकर्ताको योजनाको सुइँको पाएछन् क्यारे । अस्तिका दिन तिन्ले आफू प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषनै गरेछन् । समानुपातिकबाट सांसद हुने रे । विचरालाई पहिला पनि सिराहाबाट दुईदिनसम्म कोठा बन्द गरी, बत्ती निभाएर, मत पेटिका साटेर चुनाव जिताइएको थियो । यसपटक त चुनावै नलड्ने घोषणा गरेर हारबाट पन्छिन खोज्या छन् । लौ राम्रो ।
काउछो हुने भए सागर
पिण्ड खाने बेलामा पनि सिंहदबार र वाल्वाटारको कुर्सीमा लम्पट परेर बस्न विरोधीहरुसँग अप्राकृतिक तालमेल गर्ने सभापति स्यालबहादुरलाई यसपटक डँडेलधुरामा सागर ढकाल काउछो हुने भएका छन् । स्थानीय निर्वाचनमा आफ्नै वडामा उत्तानोचित परेका स्यालबहादुरकै क्षेत्रबाट चुनाउ लड्न सागर ढकाल यतिबेला डँडेलधुरा पुगेर डेराडण्डा जमाएर बसिसक्या छन् । एकातिर कर्ण मल्ल अर्कोतिर ढकाल चेुवामै परे विचरा स्याल बहादुर । अब तिन्को नयाँ कस्ले पार लगाइदेला । हैन हौ स्यालदबहादुरको ज्योषितष्ी हिजोआज कहा मुन्टिए हँ ? यसो दायाँबायाँ भएका ग्रह, गोचर मिलाई दिनुपर्दैन ।
विचरालाई यही चिन्ताले रातभरि निन्द्रा लाग्दैन ।
सत्य बचन
आजीवन नेप्लिज लाँग्रेसका लागि जीवन आहुति गरेका तनहुँका काँग्रेस नेता गोविन्दराज जोशीले अस्तिका दिन सत्य बचन बोले । हुन त यहाँ सत्य बोल्ने फटाहा हुन्छ असत्य बोल्ने सज्जन हुन्छ । त्यसै चोरलाई चौतारी साधुलाई शुली भन्या हो ? अब हेरम न जोशीले भन्या लाँग्रेस सभापति पर्धानमन्तरी बन्नका लागि प्रचण्डलाई सभापति बनाउन नि तयार हुन्छन् रे । सबैको मनको कुरा बोलिदिए जोशीले । जोशीले नै बोलिदिएसी’ वातै खलास । बात करता है ?
लोकतन्त्र धरापमा पर्छ रे
नेकपा एसका अध्येक्षे माकुनेका प्याधा खै कुन्नि के जाति मन्तरी भा’छन् मेटमणि चौधरीले भन्या केपी ओलीको पार्टी एमालेले चुनाउमा वहुमत ल्याए लोकतन्त्र धरापमा पर्छ रे । त्यही थालमा भात खाएर लाठे भएका चौधरी गोडा छएक महिना मन्तरी खानकै लागि त्यही थालमा आँची गरेर माकुनेको पछि लागेको दुनियाँलाई थाहा छ । हिजो एमालेले चुनाउ जित्दा लोकतन्त्र सुदृढ हुन्थ्यो आज चुनाउ जिते धरापमा पर्छ रे । हुन त नेपाली जन्तालाई अहिलेको बतासे लोकतन्त्र चाहिएकै छैन, कहिले धरापमा पर्ला भनेर पर्खिबस्या छन् । ओलीले चुनाउ जित्दा धरापमा पर्छ भने सिद्धिगयो नि । बढोरेर मिल्काउनुपर्ने यो बतासे लोकतन्त्र मेटमणिलाई पनि ६ महिनासम्म मात्रै त चाहिएको होला ?
पर्धानमन्तरी बन्ने इच्छा छ रे
बाँची र बँची रहे दैवले साँचे यो कानले के के सुन्न पाइन्छ र टोड्काले के के देख्न पाइन्छ भन्थे बुढापाकाहरु हो रै’ छ । अब हेरम न खपाखप पिण्ड खाने बेला भएका लाँग्रेसका आयाराम गयाराम बिना पिँधका लोटा रामचन्द्रे बाजेलाई एकपटक यो देशको पर्धानमन्तरी हुन मन लाग्या छ रे । पर्धानमन्तनरी जस्तो कुरा पनि मन लाग्दैमा पाइन्छ ? यसका लागि कति आफन्तको चिमिल फर्काउनुपर्छ, जोरीपारिहरुलाई काँधमा बोकेर हिड्नुपर्छ, कतिलाई व्रिफकेसको भारी बुझाउनुपर्छ । मन लाग्दैमा पाइने भए त कस्लाई पर्धानमन्तनरी, राष्ट्रपति, मन्त्री बन्न मन लाग्दैन होला । क्यार्नु कहिलेकाँही बुढा हँसाउछन् ।
गठबन्धन नगन्या भए…
आफ्नौ औकात भन्दा बढी पाएसी’ मान्छे या त बर्बराउँछ या त बहुलाउँछ भन्थे हो रै’छ । यतिबेला माकुने बर्बराउन थालेका छन् । काँग्रेसँग गठबन्धन नग¥या भए माकुनेको पार्टीले स्थानीय निर्वाचनमा १ सय भन्दा बढी स्थानमा निर्वाचत जित्थ्यो रे । हावा पनि कति बोल्न सक्या हौ । गठबन्धन नग¥या भए देशैभरि एउटा विउ पनि उमार्न सक्ने थिएन । धन्न काँग्रेसले दया गर्दिया हुँदा गोडा विसेक ठाममा खुट्टा हल्लाउन पा’छ । परीक्षण गर्न मन लाग्या भए अब हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एक्लै चुनाउमा लडे भैगयो । वित्थामा किन बर्बराउँदै हिड्नु ? कि कसो हौ माकुन्याउ ?
अन्तेमा
हैन हौ धरानका एक दुईजना लाउकेहरु हिजोआज धरान उपमहानगरपालिकका मेयर हर्क साम्पाङ्गको विरोध गर्न लगौटी कसेर लाग्या छन् । कुन दिन कन्दनी चुँडिएर लगौटी भुइँमा झर्छ अनि सर्वाङ्ग ह्वाङ्ग हुँदा थाहा पाउँछन् । विचरा खाइ न पि गरेर श्रमदान गरिरहेका छन्, हजारौले उनलाई श्रमदानमा सहयोग गरिरहेका छन् । तर लाउकेहरु विरोध गरेर मच्चिइरहेका छन् । दिनभरि ५० रुपयाँ बोटको म्यारिज खेल्ने, आयस्रोत केही नभएपनि बेलुका सात आठ हजारको रक्सी धोक्ने, अर्काको खाएपछि, सापटी लिएपछि कहिल्यै नतिर्ने, पार्टीको पद भँजाएर ठालु पल्टनेहरुदेखि घण्टाघरलाई समेत कन्पारो तात्न थाल्या छ ।

तपाईको प्रतिक्रिया