खाँदबारी (संखुवासभा) ।
भारत र चीन जोड्ने वहुचर्चित संखुवासभाको खाँदबारी किमाथांका सडक सञ्जालको ट्रयाक आगामी २ बर्षभित्रमा पूर्ण रुपले खुलिसक्ने भएको छ ।
खाँदबारीबाट किमाथांका सम्मको १६२ किमी सडकको ट्रयाक खुल्न बाँकी ७.५ किमीको निर्धारित ९ मिटर चौडा भएको ५ सय मिटरको ट्रयाक हाल खुलिसकेको छ भने २.५ किमी सडकको ६ मिटर चौडा ट्रयाक समेत खुलेको ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाको विकास निर्माण गणका इन्जिनियर सेनानी अमृत पराजुलीले बताउनुभयो । इन्जिनियर सेनानीका अनुसार आगामी दुई आर्थिक बर्षभित्रमा अहिलेकै रÏतारमा काम हुन सकेमा सडकको ट्रयाक पूर्णरुपमा खुलि सक्छ । संखुवासभाको च्याम्ताङ्ग घोङ्गगोप्पा बीचको पहिला सर्भे अनुसार (उत्तर दक्षिण कोशी सडक आयोजनाको सर्भे अनुसार) १४ किमी सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाको विकास निर्माण गणलाई दिइएको थियो । पछि सेनाले पुन ः सडकको सर्भे गर्दा रुट परिवर्तन गरी १०.५ किमीमा खुम्च्याएको थियो । यसै अनुरुप नेपाली सेनाले हाल सडकको ट्रयाक खोल्ने काम गरिरहेको छ ।

उत्तरदक्षिण कोशी सडक आयोजनाले च्याम्ताङ्ग घोङ्गगोप्पा बीचको सडकको ट्रयाक खोल्न नसकेपछि नेपाली सेनालाई जिम्मा दिएको हो । अत्यन्तै कडा चट्टान रभीर रहेको उक्त सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सनाले २०७७ माघ २४ गते पाएको थियो भने फागुन ११ गतेदेखि ब्लाष्टिङ्ग गरेर सडकको ट्रयाक खोल्ने काम शुरु गरेको थियो । काम त सहजै होला नि भन्ने जिज्ञासामा इन्जिनियर मेजर पराजुलीले हाँस्दै भन्नुभयो अप्ठेरो कामको जिम्मा नै सेनालाई दिने हो । सहज भए त किन दिइन्थ्यो ? नेपाली सेनाका महासेनानी (कर्णेल) पञ्कज पाण्डेको नेतृत्वमा १४० जना सेनाका जवानहरु यतिबेला उक्त सडकको ट्रयाक खोल्ने काममा सक्रिय रहेका छन् । उनीहरुले नै सडक किनारका भिरालो स्थानमा ग्याविङ्ग गर्ने, वाल लगाउने, कल्भर्ट बनाउने, कजवे निर्माण गर्ने लगायत सडकको स्तरोन्नतिको काम समेत गरिरहेका छन् । किमाथांकाबाट घोङ्गगोप्पा सम्मको १४ किमी सडकको ट्रयाक केही बर्ष अगाडि नै खुलिसकेको छ ।
यतिबेला खाँदबारीको दोभानदेखि नै ट्रयाक खुलेको सडकमा दर्जनौ स्थानमा पहिरो गएकोले आवागमन पूर्ण रुपमा आवरुद्ध भएको छ । तीन चार वटा स्काभेटरले पहिरो पन्छाउने काम
्रभइरहेको सडक आयोजनाका इन्जिनियर अशोक शर्माले बताउनुभयो । खाँदबारीबाट किमाथांका सम्मको १६२ किमी सडकको मध्यविन्दु वरुण नदीबाट किमाथांका ८२ किमी रहेको छ । किमाथांका दक्षिण नेपाली वस्तीहरु थुम्सुई जहाँ १८ घर शेर्पाका रहेका छन् । त्यसपछि हुङहुुङ, हटिया,खिम्दुङ्ग जस्ता वस्तीहरु रहेका छन् ।
