वाफरे ! यस्तो पनि गर्छन्

विराटनगर । आइडिया पनि कस्तो कस्तो † प्रहरी प्रशासनको आँखा छल्न लागू औषध दुव्र्यसनीहरुले कस्ता कस्तासम्म हर्कत गर्छन् भन्ने कुरा धनकुटाका एक लागू औषध दुव्र्यसनी गत शुक्रबार रानी भन्सार नाकामा पक्राउ परेपछिको दृश्यले प्रष्ट्याएको छ ।


पछिल्लो समय दुव्र्यसनीको संख्या सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि भयावह रुपमा बढ्न थालेको छ । दुव्र्यसनीको संख्यामा बृद्धि भएसँगै सहरी क्षेत्रमा सुधार गृहहरु पनि थपिदै गएका छन् । प्रहरीको पछिल्लो तथ्यांक अनुसार सुधार गृहमा राखिएका २५ प्रतिशत दुव्र्यसनीहरु ग्रामीण क्षेत्रका रहेका छन् । शुक्रबार विराटनगरको रानी भन्सार पार गरेर आउँदै गरेका धनकुटा पाख्रीबासका २२ बर्षीय विशाल लिम्बुलाई बीच सडकमा प्रहरीले चेकजाँच गर्दा प्रहरी नै चकित परेको थियो । प्रहरीले लिम्बुको साथबाट एभिल १५, डाइजीपाम १५, फेनारगन १५, लुपिजेसिक १५, नाइट्रोभेन चक्की ९ थान बरामद गरेको थियो । लिम्बुले ती सबै लागू पदार्थ आफ्नो शरीरमा टेपले बाँधेर कसैले थाहा नपाउने ढंगले ल्याएको प्रहरीले जनाएको छ ।  लिम्बुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया