कोभिडबाट एकै दिन ६० जनाको मृत्यु

धरान । पछिल्लो केही समय यता कोरोना भाइरसको संक्रमण पुन ः ह्वात्तै बढेको छ । संक्रमितको संख्या बढ्न थालेपछि नेपाल–भारत सीमा नाकाहरुमा उच्च शतर्कता अपनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट आउनेहरुको काँकडभिट्टा नाकामा एन्टीजेन परीक्षण गर्न निर्देशन दिएपछि नाकामै एन्टिजेन परीक्षण थालिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । प्रहरीका अनुसार भारतबाट काँकडभिट्टा नाका भएर आउने शंकास्पद व्यक्तिहरुको एन्टिजेन परीक्षण थालिएको हो । नेपालको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या दिनप्रतिदिन ज्यामितीय हिसाबले बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा २१ हजार ८८० जनामा संक्रमित देखिएको र ६० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । भारतमा हाल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको र कोभिडकै कारण हालसम्म ५लाख २५ हजार ९३० जनाको मृत्यु भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई उधृत गर्दै
भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि भारतमा कोभिड संक्रमित निको हुने दर भने ९८.४६ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया