घतपाई नवोदय विद्या मन्दिर उच्च माविको प्रचार्य हुनुहुन्छ । विद्यालयका प्रिन्सिपल तथा प्राचार्यले आफ्नो विद्यालयको हरेक विषयको बढाइचढाइ गर्ने एउटा शैली तथा परम्परा नै बनिसकेको छ । तपाई आफ्नो विद्यालयको शैक्षिक गतिविधिलाई नढााटी कसरी व्याख्या गर्नुहुन्छ ?
–हो, प्राय : हरेक विद्यालयका सञ्चालक तथा प्राचार्यले आफ्नो विद्यालयको बढाइचढाइ गर्ने गरेका छन् । आग्रेजीमा एउटा कहावत छ ‘ीष्ततभि
ब्अतष्यल कउष्अपक यिगमभच तजभल दष्न धयचमक’ यसको आशय के हो भने हामीले एउटा सानो काम गरेर देखायौ भने त्यो नै काफी हुन्छ । हामीले गफमा, शब्दमा, भनाइमा ठूला ठूला कुरा गर्नुभन्दा काम गरेर देखाउनु नै उपयुक्त हुन्छ भन्ने
मेरो मान्यता छ । त्यसैले गर्दा यस विद्यालयमा आफ्ना बालबालिका पढाउनु हुने सम्पूर्ण अभिभावकहरुलाई म कसरी विश्वस्त बनाउन सक्छु भने आजसम्म विद्यालय यहाासम्म आइपुग्दा विद्यालयले गरेका गतिविधिहरु, विद्यालयले हाासिल गरेका उपलब्धीहरु जे छन् ती सबैका अगाडि छर्लङ्ग छन् ।
यसको अर्थ के हो भने २०६३ सालदेखि यस विद्यालयले एसएलसीको यात्रा तय गरेको हो । आज २०७१ सालमा आइपुग्दा २०७० साल सम्मको एसएलसी नतिजा सम्पूर्ण धरानबासीको अगाडि छर्लङ्ग छ । म नाम त भन्न चाहन्न तर अब्बल दर्जाका विद्यालय भनिने, भनाइने, अब्बल दर्जाका प्रिन्सिपल भनिनेहरुको विद्यालयको नतिजा पटक पटक खस्केर गएको छ । तर नवोदयमा त्यो कीरा हामीले पस्न दिएका छैनौं, त्यो भाइरस हामीले पस्न दिएका छैनौं । आज सम्म हामीले आफ्नो छवि उच्च राखेका छौं । यतिमात्र नभएर धरानको सवालमा भन्ने हो उच्च माविमा पहिलो पटक हामीले उत्कृष्ट नतिजा ल्यायौ । हामी सुनसरी प्रथम भएका छौं, एसएलसी नतिजामा । यहााबाट एसएलसी उत्तीर्ण भएर गएका विद्यार्थीहरु अन्य +२ तथा कलेजमा जाादा पनि उनीहरु त्यहााको टप स्टुडेन्ट भएका छन् । आज अभिभावकको आवश्यकता के हो र उहााहरुले खोजेको के हो भन्दा यही हो । शिक्षामा लगानी नडराई गर्नुको कारण उहााहरुको सोच हाम्रा बालबच्चाले सही शिक्षा पाउाछन् र सही मार्ग पाउाछन् भन्ने हो । त्यो परिणाम हाम्रो विद्यालयले दिएको छ । यसले गर्दा मैले स्पष्ट भन्नुपर्छ यी सबै सबुत प्रमाणको आधारमा हाम्रो विद्यालय पनि उत्कृष्ट छ ।
घविद्यालयको बारेमा अलिकति बताइदिनुस् न ?
–म यो विद्यालयमा २०४९ साल पौष २० गतेबाट आवद्ध भएा । यो
विद्यालय २०४५ साल वैसाख २ गते स्थापना भएको हो । तत्कालीन पूर्वाञ्चल क्षेशिनी हरिहर शर्माको नाम र कामले यो विद्यालयले उचाइ पाएको रहेछ । म आउादा विद्यालयको त्यो अवस्था थिएन । विद्यालय एकदम जर्जर अवस्थामा गएको थियो । २०५१ सालमा विद्यालयको भाइस प्रिन्सिपल भएा । त्यसपछि प्रशासनमा मेरो प्रत्यक्ष संलग्नता भयो । २०५२ सालमा बुढासुब्बा स्कुल खोलिदा त्यसबेला यो विद्यालय पनि संलग्न भयो । त्यसबेला विद्यार्थीको संख्या लगभग ४५/४६ जना मात्र थियो । विद्यार्थी संख्या निरन्तर बढाउने काममा म जुटो । मसाग यस्तो दिन पनि थियो एकसय जना विद्यार्थी नभएसम्म म आफ्नो अभियानलाई निरन्तर राख्छु भन्ने थियो । त्यो एक सय विद्यार्थी कहिले पुग्छन्े भन्ने थियो । घाम झुल्कन्छ कि झुल्कदैन भन्ने थियो । त्यसैबेला विद्यालयका प्रिन्सिपल शैलेश आचार्य विदेश जानुभयो । त्यसपछि पूर्ण रुपले मैले विद्यालयको शैक्षिक, आर्थिक, प्रशासनिक र सञ्चालनको जिम्मेवारी
लिएा । त्यसपछि मैले आफ्नो मेहनतलाई क्रमश: अगाडि बढाएा । आज यो विद्यालयमा सातसय विद्यार्थी छन् । पछाडि फर्केर हेर्दा अझै पनि मलाई कहाली
लाग्छ । हामीले त्यो कहालीलाग्दो दिनबाट पार पाएका छौं । अहिले पनि धेरै चुनौतिहरु छन् ।
घविद्यालय आजको अवस्थामा आइपुग्नुमा सबैभन्दा ठूलो देन कसलाई मान्नुहुन्छ ?
–म कसैलाई यति प्रतिशत र उति प्रतिशत देन छ भनेर छुट्याउन सक्दिना । यो सिंगो टिमवर्कको परिणाम हो । अभिभावक पनि यसमा त्यति नै सक्रिय हुनुहुन्छ ।
घकस्तो छ तपाईहरुको टिमवर्क ?
–टिमवर्क भन्नाले हाम्रो विद्यालयको टिचिङ्ग (स्टाफ) लाई मात्र भनेको होइन । टिमवर्क भन्नाले हाम्रो विद्यार्थी त्यतिकै लगनशील, अनुशासासित भएर अध्ययन गरेर पढे । हाम्रा अभिभावकले हामीलाई त्यतिकै साथ दिनुभयो । ४७, ५० विद्यार्थी हुादा पनि उहााहरुले आफ्ना विद्यार्थी अन्यत्र लगिदिनु भएन । म ति सबै अभिाभवकहरुलाई सलुट गर्दछु । ती विद्यार्थीहरु जो सैयौ विद्यार्थी पढिरहेका साथीहरु भएको विद्यालयमा गएनन् । उनीहरुलाई साथीहरुले फकाए, शिक्षकहरुले फकाए तर उनीहरु गएनन् । यस्तो सानो विद्यालय रुचाएर अनुशासति ढंगले यही अध्ययन गरे । अभिभावकहरुले हाम्रो साथ छोड्नु भएन । शिक्षक, कर्मचारी, अभिभावक सबैको टिमवर्कले विद्यालय यहाासम्म आइपुगेको हो । म यसको श्रेय सबैलाई बााड्छु ।
घविद्यालयको अतिरिक्त क्रियाकलाप कस्तो छ ?
–विद्यालयभित्र गरिने विविधि अतिरिक्त क्रियाकलाप त भइरहन्छन् । हाजिरी जवाफ, हिज्जे प्रतियोगिता, नृत्य प्रतियोगिता, नाटक (गएको बर्ष अन्तर सदन) प्रतियोगिता भयो जसले विद्यार्थीलाई सिधा तथा परोक्षरुपमा पठनपाठनसागै
शारीरिक सुगठनलाई बढावा दिने खालका खेलकुद, बौद्धिक रुपमा सबल बनाउने क्रियाकलाप गर्छौंं ।
घयसको मतबल हरेक अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरु खाली हात आएका छैनन् ?
–हो, हाम्रा विद्यार्थी कहिल्यै खाली हात आएका छैनन् । पुरस्कार लिएरै फर्किएका छन् । मैले भनिहाले यो विद्यालय प्राथमिक तहमा सञ्चालन हुादा अथवा त्यसबेला सीमित बोर्डिङ्ग स्कुलले अन्तरविद्यालय (धरान क्षेत्रका) हिज्जे प्रतियोगिता गराउने गथ्र्यो । यो विद्यालयले निरन्तर भाग लियो । त्यसबेला प्रथम, द्वितीय र तृतीय स्थान भन्दा तल झरेन । कहिल्यै रित्तो हात फर्केन । हामीले तीपटक सम्म ट्रफी जितेर ल्यायौं । तर पछि आयोजकले फर्काएर लैजानु भयो त्यसमा हामीलाई दु:खेसो छैन । जिल्ला स्तरीय प्रतयोगिता जस्तै ०७० सालमा भएको जिल्ला स्तरीय फुटबल प्रतियोगिता भएको थियो । जुन नेपाल विद्यार्थी संघले गरेको थियो त्यसमा हामी प्रथम भयौं । हामीले पूर्वाञ्चल क्षेत्रीय फुटबल प्रतियोगिता समेत खेल्यौ अर्थात हाम्रा विद्यार्थीहरुले खेले । त्यसमा
मोरङ्गसाग हामी पराजित भयौं । हामीले पहिला आफ्नो प्रतियोगिता, त्यसपछि
धरान स्तरीय, सुनसरीको प्रतिनिधि भएर खेल्यौं । एन प्याब्सन, डिपोटले गरेका प्रतियोगितामा हाम्रा विद्यार्थी सहभागी हुदै आएका छन् । कहिले प्रथम, कहिले द्वितीय हुादै आएका छन् । यसपटकमात्र हेर्ने हो भने किराात राई योयोख्खाले आयोजना गरेको सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा पनि हामी प्रथम भयौं । हेर्ने हो भने धरानभित्र रहेको हुन या बाहिर रहेका हुन्े सबैमा यो विद्यालयको संलग्नता छ । त्यो भनेको विद्यालयले आफ्नो द्यिालय परिषरमा अतिरिक्त क्रियाकलापको भ्यास गराउदै आएको नतिजा हो भन्ने मलाई लाग्छ । रोम एक दिनमा बनेको सहर हैन त्यसैगरी नवोदय पनि एकछिनको मेहनतले बनेको हैन । नवोदयले आÏनो पहिचान हरेक समय दिइरहेको छ । साहित्य अनुसन्धान परिषद सुनसरीले आयोजना गरेको कतिपटकको कविता गोष्ठीमा यो विद्यालयले प्रथम, द्वितीय स्थान हाासिल गर्दै आएको छ । यसरी हामीले धेरै पटक धेरै स्थानमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौं । नृत्य प्रतियोगितामा यो विद्यालय सुनसरी प्रथम भइसकेको छ । हामीले हाम्रा विद्यार्थीलाई उनीहरुको प्रतिभालाई प्रस्फुटन गराउन कुनै कसर बााकी
ैराखेका छैनौं ।
घविद्यालयको भौतिक संरचनाका सम्बन्धमा पनि बताइदिनुस् न ?
–तुलनात्मक रुपमा केही कमी छ । यो मैले लुकाएर लुक्ने कुरा हैन । सिागो अभिभावक र समाजको आाखाले हेर्दा स्पष्ट देखिने कुरा हो । तर यसलाई एक वा दुई पछि यो अवस्थामा म रहन दिन्न । अहिलेको भौतिक संरचना दुई बर्षपछि देखिने छैन ।
घआफ्ना अभिभावकहरुलाई के भन्न चाहनुहुन्छ ?
–मेरो उहााहरुलाई एउटै आग्रह छ तपाईहरुले हिजोको दिनमा हामी जतिबेला वामे सर्न कोसिस गर्दे थियौ त्यो क्षणमा हामीलाई साथ दिनुभयो, तपाईहरुले हामीप्रति देखाउनु भएको अटल विश्वास हामी ढल्न दिादैनौं । तपाईहरुका सपना साकार गर्न पूरा गर्न हामी प्रतिबद्ध छौं । तपाईको सपना हामी साकार बनाएरै छाड्छौं । यो
कुरालाई तपाई सबै अभिभावकले मनमा गााठो पारेर राख्नुस् र आÏना बालबच्चालाई हामीकहाा सुम्पनुहोस, हामी तपार्इीहरुको बालबच्चाको भविष्य बनाउनलाई सकेसम्म प्रत्यनशील रहन्छौं । म आस्वस्त तुल्याउन चाहन्छु ।
