मोरङ । मोरङको जहदा गाऊपालिका १ कालाबंजरामा नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजादै गरेको दिलवाले रक्सी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले टोलीले १५० कार्टुन सो रक्सी नियन्त्रणमा लिईएको हो ।

आइतबार राति राती १० बजे प्रहरीले को १ त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरेर लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । रक्सी लोड गरी लान लागेको अवस्थामा रक्सी बरामद भए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको रक्सी आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
