मोरङ । मोरङको बिराटनगर–१८ स्थितबाट अबैध सुपारी बोकेको ८ वटा भारतीय नम्वरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार राती साँढे १० बजे सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ती ट्रकहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले एमपिओएचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बीटी ७२७७, युपी ६२ बिािट ८१२१, युपी ५४ टि ६४२९, युपी ५० एटी ३१५८, युपी ६२ सिटी ६२७, युपी ४५ टि १६२४ नम्वरको ट्रकबाट २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ गरिएको ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।
