धरान । तीस करोड जनसंख्या भएको भारतको सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी नेपालको भ्रमणमा आउनु हुने भएको छ ।

नेपाल र नेपालीका अत्यन्तै शुभचिन्तक अजयसिंह विष्ट अर्थात योगी आदित्यनाथ योगी भारतीय जनता पार्टीका प्रखर नेताका रुपमा स्थापित हुनुहुन्छ । भाजपाले सन् २०१९ मार्च १० मा भएको विधानसभाको निर्वाचनमा उत्तर प्रदेशमा उहाँकै नेतृत्वमा अत्याधिक वहुमत प्राप्त गरेपछि उहाँ २१ औं मुख्यमन्त्री हुनु भएको थियो । सन् २०२२ मा भएको निर्वाचनमा समेत भारतीय जनता पार्टीले उत्तर प्रदेशमा वहुमत प्राप्त गरेपछि दोस्रो कार्यकालका लागि उहाँ पुन ः मुख्यमन्त्री हुनु भएको छ । नेपाल भ्रमण गरी भगवान पशुपतिनाथको दर्शन गर्ने अभिलाषा उहाँले पहिलो कार्यकालमा देखाए तापनि विविध कारणले उहाँको भ्रमण हुन सकेको थिएन । आगामी साउन तेस्रो साता उहाँ नेपाल भ्रमणमा आउनु हुने बताइएको छ । भ्रमणका क्रममा उहाँले पशुपतिनाथको दर्शनसँगै नेपालका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता तथा अन्य राजनैतिक दलहरुसँग भेटघाट गर्नुुहुने भएको छ ।
