मुलुककै सबैभन्दा ठूलो र अधिक लागतको दमक भ्युटावरको १५ औं तला ढलान आगामी असोजभित्र एक सय मिटर अग्लो टावरको ७२ मिटर (१८ तला) र २८ मिटर मेटल फ्रेमको कार्य पूरा हुने

दमक (झापा) । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको ड्रिम प्रोजेक्टको रुपमा रहेको मुलु्ककै सबैभन्दा ठूलो र अधिक लागतको दमक भ्युटावरको १५ तलाको कंक्रिट ढलान मंगलबार सम्पन्न भएको छ ।
आजभन्दा तीन बर्ष अगाडि ओलीले दमक भ्युटावरको शिलान्यास गरेसँगै चिनियाँ निर्माण कम्पनी जेडसिजीआइस्सी र ओम साइराम निर्माण कम्पनीको ज्वाइन्ट भेन्चरमा दमक भ्युटावरको निर्माण कार्य शुरु भएको थियो । आगामी असोजभित्र एक सय मिटर अग्लो टावरको ७२ मिटर अर्थात १८ तला कंक्रिट र २८ मिटर मेटल प्रेमको कार्य पूरा हुने भ्युटावर निर्माण प्रोजेक्ट म्यानेजर सल्जर विडारीले बताउनुभयो । उहाँले भन्नुभयो १५ तलाको कंक्रिट ढलाई आषाढ २८ गते मंगलबार पूरा भएको छ । नेपाल सरकारको कुल १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाको लागतमा निर्माण भइरहेको भ्युटावर २०७९ आषाढ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य भए तापनि कोभिड लगायत विभिन्न कारणले कामले तिब्रता पाउन नसक्दा निर्माण अवधि लम्बिएको विडारीले बताउनुभयो ।
हालसम्म १५ तलाको कंक्रिट ढलान सम्पन्न भएकोले निर्माण समय बढाउन सम्बन्धित निकायमा पत्राचार भइसकेको विडारीले धरान साप्ताहिकलाई बताउनुभयो । निर्माण अवधि थप होला त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो हामीले कारणसहित आवेदन गरेका छौं । राज्यले अधुरो त राख्दैन । त्यसैले पनि समय सीमा बढ्छ । भ्युटावरको तला ढलानसँगै बाहिरको अन्य काम पनि भइरहेको छ । विल्डिङभित्र टायल लगाउने, पार्टेशन बोर्ड लगाउने, पाइप फिटिङ, इलेक्ट्रीसिटी आदिको काम सँगै भइरहेको छ । आगामी असोज सम्ममा भ्यु टावरको काम पूर्ण रुपमा सम्पन्न भइसक्ने पनि म्यानेजर विडारीको कथन छ । बीचमा कुनै प्राविधिक वा अन्य अप्ठेरो आएन भने २०८० असोजमा भ्युटावरको काम सम्पन्न हुन्छ ।


सरकारले बजेट उपलब्ध गराउने कुरामा कुनै समस्या छ कि छैन भन्ने सवालमा विडारीले भन्नुभयो त्यस्तो कुनै अप्ठेरो परेको छैन । बजेटकै कारण काम रोकिने अवस्था कहिल्यै आएन । नियमित काम भइरहेको छ । यसपटक बजेट केही कम छुट्याइएको छ भन्ने सुन्नमा आएको छ । भ्युटावर निर्माणमा स्थानीय बासिन्दा र प्रशासनबाट कुनै प्रकारको अवरोध आएको छ कि छैन भन्ने सवालमा उहाँले भन्नुभयो त्यस्तो केही छैन । सबै पक्षले राम्रोसँग सहयोग पु¥याइरहनु भएको छ । भ्युटावरको १८ तला कंक्रिट ढलानमध्ये १५ तलासम्म व्यवसायिक प्रयोजनका लागि प्रयोग हुन्छ भने १६, १७ र १८ तलामा भ्युटावर हेर्नका लागि तयार हुनेछ । भ्यु टावर डिजाइनकर्ताले मेटल फ्रेम आकर्षक बनाउन सबैभन्दा माथि आकर्षक मुकुट राखिने छ विडारीले भन्नुभयो । उहाँका अनुसार भ्युटावरको
वेसमेन्टमा पार्किङ, ग्राउण्ड Ïलोरमा रिटेल सप, त्यसभन्दा माथि कर्पोरेट स्पेश अर्थात बैंकहरु, त्यसभन्दा माथि आर्ट ग्यालरी, हल, त्यसभन्दा माथि रेष्टुरेन्ट, होटलहरु रहनेछन् । अर्थात १५ तलासम्म व्यवसायिक प्रयोजनका लागि तयार हुनेछ । पाँच विघा क्षेत्रफलमा रहेको भ्युटावरले ७ कट्ठा जमिन ओगटेको म्यानेजर विडारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया