जाजरकोटमा माहामारी र प्रमको थाइल्याण्ड परीक्षण

नालायक र निकम्बा शासन भएपछि मुलुक अनन्तकालसम्म संक्रमणबाट गुज्रन्छ । यतिबेला मुलुकको शासन सत्ता हातमा लिएका सुशिल कोइराला सम्भवत इतिहासमै नालायक प्रधानमन्त्रीका रुपमा दर्ज हुन पुगेका छन् । उनलाई सिंहदरवारमा फोटो झुण्ड्याउने रहर थियो त्यो भने पूरा भएको छ, बााकी चौपट्ट र अस्तव्यस्त ।
मुलुक यतिबेला बूढा, अशक्त, रोगी नेताहरुको बन्धनमा
परेको छ । पाखुरी चलाउन सक्ने, अदम्य शाहस र ऊर्जावान युवायुवती विदेशिन बाध्य भएका छन् । युवा शक्तिलाई विदेश पलायन हुन बाध्य बनाउने भ्रष्ट, अशक्त र बूढा नेताहरु नै हुन् । वर्तमानमा जुनसुकै पार्टीका नेताहरुको अनुहार हेर्ने हो भने ति सबैमा ३२ कुलक्षण युक्त देखिन्छ । नत्र सामान्य रुपमा रुघाखोकी लाग्दा हाम्रो देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सचिव सबै राज्यको ढुकुटीमा विदेशमा उपचार गर्न जान्छन् ।
जाजरकोटमा यतिबेला महामारीबाट दैनिक सैयौले ज्यान गुमाइरहेका छन् । हजारौ विरामी परेर थलिएका छन् । ती स्थानका बासिन्दाहरु बर्षैभरि भोकमरीको चपेटामा पर्छन् ।
घरमा विहान बेलुका छाक टार्ने अनाज छैन भने महामारीले उनीहरुलाई पीडामाथि पीडा थपिदिएको छ । तीन साता देखि फैलिएको महामारी नियन्त्रणमा राज्य जुन रुपमा उदासीन देखिएको छ त्यो जाजरकोटका बासिन्दाहरुका लागि मात्र हैन कसैका लागि पनि सैहय हुन सक्दैन । सञ्चार माध्यमहरुले त्यहाको वास्तविकता उजागर गरेपछि प्रधानमन्त्री सुशिल कोइरालाले रोग नियन्त्रण र उपचारका लागि स्थास्थ्य मन्त्रालयलाई वालुवाटारबाट निर्देशन दिए ।
उनले रोग नियन्त्रण गर्न सरोकारवालालाई निर्देशन दिए तर त्यहााको भयावह स्थितिप्रति कोइराला अनविज्ञ देखिन्छन् । जाजरकोटमा यतिबेला हिउादे वाली उठाउने समय हो । हरेक घरका मानिस महामारीबाट थलिएका छन् । ६ महिना मुस्किलले त्यहााको उत्पादनले गुजारा गर्ने स्थानीय बासिन्दा पिरोलिएका छन् । लगाएको अन्नबाली बारीमै कुहिन र सड्न थालेको छ । विरामीहरुको उपचार पनि राज्यले गर्न सकेको छैन । जाजरकोटेहरुले अहिले जुन नियति राज्यको तर्फबाट भोगिरहेका छन् त्यसलाई हेर्दा उनीहरु यो देशका नागरिक नै होइनन् कि भन्ने भान परेको छ । त्यहााका स्वास्थ्य चौकीहरुमा जीवन जल भन्दा अरु कुनै औषधि पाइदैन । ७० प्रकारका औषधि राज्यले नि:शुल्क दिने भनेर बर्षेनी अरबौको टेन्डर आवहान गर्छ । कहाा गए त ती औषधिहरु ? टेन्डर आवहान गर्‍यो अनि ठेकेदारसाग मिलेर मन्त्री, सचिव, विभागीय प्रमुख सबै मिलेर भागबण्डा गर्‍यो । जाबो सिटामोल समेत ती स्वास्थ्य केन्द्रहरुमा पाइादैन, सिटामोल समेत खान नपाएर त्यहााका बासिन्दाले अकालमा मृत्युवरण गर्नुपरेको छ ।
तर हाम्रा प्रधानमन्त्री स्वास्थ्य परीक्षण गर्न, उपचार गर्न थाइल्याण्ड, अमेरिका पुग्छन् । सत्तामा पहुाच भएकाहरु सबै बाहिरै जान्छन् । तिनै सिटामोल खान नपाएर मर्न बाध्य भएका गरिब जनताले राज्यलाई तिरेको करबाट यिनीहरु विदेशमा उपचार गराउाछन् । शासकहरुको घटिया र अवसरवादी सोचका कारण यहााका किसान, मजदुरहरुको जीवनको कुनै मूल्य
छैन । देशका लागि दलाल शासकहरु भन्दा किसान, मजदुहरुले अत्यन्तै ठूलो योगदान दिएका छन् । तर उनीहरु नै अपमानित भएर अकालमै मर्न बाध्य छन् । यो भन्दा ठूलो बिडम्बना र दुर्भाग्य अरु के हुन सक्छ ?

तपाईको प्रतिक्रिया