१९ वर्षे युवती, जसले सुागुरको रगतले नुहाउाछिन्

उनी कुनै तान्त्रिक, जादुगर वा मानसिक रोगी होइनन् । तर उनको बानी यतिधेरै भयानक तथा अनौठो छ की जो कोहीलाई सुन्दैमा आङ सिरिंग हुन्छ ।
अमेरिकाको क्यालिफोनिर्नाकी एक १९ वर्षीया किशोरीले सुागुरको रगतले नुहाउाछिन् । आखिर किन होला ? कुनै धार्मिक विश्वासका कारण होला की भन्ने लाग्नसक्छ । तर होइन, उनले जिउलाई सुन्दर र तन्नेरी बनाइराख्नका लागि यसो गरेकी रहेछिन् । अझ अनौठो कुरा त के भने उनी आफैमा शाकाहारी हुन्न माछामासु खाादिनन् तर सुागुरको रगतले जिउ नुहाउाछिन ।
एम टिभीको ट्रु लाइफ नामक कार्यक्रममा हालै प्रस्तुत भएकी यी किशोरीको नाम च्यानेल हो । हजारौा वर्षअघि मानिसहरुले जिउलाई सुन्दर तथा जवान बनाइराख्नका लागि यसरी रगतले नुहाउने गरेको इतिहास आफुले पढेको र त्यो कामयावी समेत हुने भएकाले आफुले सुागुरको रगतले नुहाउने गरेको उनले दाबी गरेकी छिन् ।
‘मेरो सबैभन्दा ठूलो डर भनेकी बुढी हुन्छु की ? छाला चाउरी पर्छ की ? भन्ने हो । त्यसैले त्यसलाई रोक्नका लागि मैले जे सुकैभएपनि गर्दछु’, टेलिभिजन कार्यक्रममा उनले भनेकी छिन् ।
पेशाले उनी मोडेल तथा कलाकार हुन् । च्यानेलकी हजुरआमा नातिनीको यस्तो बानी देखेर त्रसित र दिक्क पनि छिन् ।
रगतले नुहाउादा जिउ जवान बन्छ भन्ने कुराको प्रमाण मागिरहन्छिन् । यद्यपि च्यानेलले हजुरआमालाई प्रमाण त दिन सकेकी छैनन् तर उनलाई रगतले नुहाउनबाट कसैले रोक्न सकेको छैन ।
ती किशोरीले अर्को भयानक दाबी पनि गरेकी छिन् । आफुले जिउलाई जवान राख्ने प्रयासमा जनावरको सालनाल पनि खाइसकेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया