धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ सिसौलीबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।
ऋाइतबार बिहान ३ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालोबीच टापुमा लुकाई राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) अवैध लागुऔषध गाँजा फेला पारेको हो । फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको बताइएको छ । गाजा ल्याउने व्यक्तिको भने खोजी भइरहकेो सुनसरी प्रहरीले जनाएको छ ।
