चैनपुरमा करेन्ट लागेर एकको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिाकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नगरपालिकाको –६ नं. वडामा शनिवार बेलुका साढे ४ बजे करेन्ट लागेर राप्ती गाउँपालिका दाङका २५ बर्षीया दिपक न्यौपानेको मृत्यु भएको हो ।
एनको चैनपुर–६ मा रहेको बरुण हाईड्रोपावरका प्लान अपरेटर समेत रहेका न्यौपानेले हाइड्रोपावरको ३३ केभी प्रसारण लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर घाईते भएकोका थिए । घाइते न्यौपानेलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको संखुवासभा प्रहरीले बताएको छ । मृतक न्यौपानकेो शवलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान ल्याएको छ ।

 

तपाईको प्रतिक्रिया