फरार प्रतिवादी पक्राउ

मोरङ । सवारी ज्यान मुद्धामा पुनराबेदन अदालत बिराटनगरको सजाय निर्धारण फैसला आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका सुन्दरहरैचा नगरपालिका–९ का ३१ बर्षीय बिनोद कुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ । खवासलाई सवारी ज्यान मुद्धामा अदालतको २०७१ चैत्र ११ गतेको फैसला आदेशले २ बर्ष कैद र २ हजार जरिवाना तोकिएको थियो ।

कैद तथा जरिवाना तोकिएता पनि हाल सम्म फरार रहँदे आएका खवासलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (रिट) समुहबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान सुन्दरहरैचा–९ बाट पक्राउ गरेको हो । पक्राउ परेका खवासलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

तपाईको प्रतिक्रिया