धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

सोलुखुम्बु । सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट मुत्यु भएको छ ।  जिल्लाको सोलु दुधकुण्ड नगरपालिका–५ का ५७ वर्षीय सुब्बा कामीको धरिलो हतियार प्रहारबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आइतबार बिहान घरायसी विवाद हुँदा पत्नीले प्रहार गरेको हतियारबाट पतिको मुत्यु भएको हो । पतिको टाउको खुट्टा लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।
यसैबीच हत्याको आरोपमा प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ ।  मृतक सुब्बा कामीको श्रीमति र अर्की एक जना महिलालाई पक्रउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । असार २५ गते राती श्रीमान श्रीमतीसँगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी टोली गएर वास्तविक बुझ्ने काम गरेको थियो । अनुसन्धान गर्ने क्रममा कामीलाई उनकैै श्रीमती ५५ बर्षीया बुदामाया बि.क. र स्थानीय ५३ बर्षीया ङिमा तामाङले हत्या गरेको रहस्य खुलेपछि दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया