धरान । धरान बास्केटबल संघ आयोजना तथा सुनसरी बास्केटबल संघ प्राविधिक सहयोगमा सञ्चालन भइरहेको ट्यालेण्ट हण्टका प्रशिक्षकहरुका लागि धरान मेघा कलेजले टि–सर्ट सहयोग प्रदान
गरेको छ । कार्यक्रमका प्रमुख अतिथी धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले सोमवारको दिन प्रशिक्षण क्याम्पका मुख्य प्रशिक्षक विकाश चाम्लिङ राई र उनका सहयोगी प्रशिक्षक हेमन्त राई , युगल लिम्बु, डा.आशा राई र दिवस राइलाइ सयुक्त रुपमा ट–सर्ट प्रदान गरेका थिए ।

धरान १२ स्थित चतारालाईनमा रहेको धरान मेघा कलेजको बास्केटबल कोर्टमा असार ५ गते देखि एसईई परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाइ लक्षित गरि बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन भइरहेको छ । बास्केटबल खेल विकाश, खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले संघले करिव एक दशक देखि ट्यालेण्ट हण्ट कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । ट्यालेन्ट हन्टमा सहभागी प्रतिभावान खेलाडीहरुलाइ बास्केटबल संघले धरानको विभिन्न कलेजहरुमा सिफारिस गरि छात्रावृत्तिमा अध्यन गराउदै आइरहेको कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले वताए । हालसम्म संघले ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत धरानको विभिन्न स्कुल कलेज, प्लस टु र व्याचलर लेवलमा सय भन्दा बढी महिला तथा पुरुष बास्केटबल खेलाडीहरु छात्रावृत्तिमा अध्ययन गरिरहेका छन । सातौ ट्यालेन्ट हन्टका प्रतिभावान विद्यार्थीहारुलाइ पनि धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, सियोन स्कुल, डिपो स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने अध्यक्ष सुबेदीले वताए बास्केटबल खेल धरानको पहिचान बनिसकेको बताउँदै यसलाइ थप स्थापित र व्यवसायिक बनाउन धरान मेघा कलेजले बास्केटबल संघ संग सहकार्य गरि अघि बढेको कलेजका अध्यक्ष कैलाश लिम्वुले बताए । उनले भने, यो कार्यक्रम उदाउदो खेलाडी र बास्केटवल खेल विकासको लागि अभिन्न भइसकेको बताउँदै यसलाई जोगाउनकै लागी भए पनि मेघा कलेजले निरन्तर सहयोग रहिरहने छ । ट्रेनिङ क्याम्पमा ६ कक्षा देखि ब्याचलर लेबलका महिला पुरुष गरि ५० जना खेलाडी विद्यार्थीहरुले सहभागिता जनएका छन ।
