पाख्रीबास साहित्य समाजको अध्यक्षमा भण्डारी निर्वाचित

धनकुटा । धनकुटास्थित पाख्रीबास कला साहित्य समाजको अध्यक्षमा युवा कवि एवम् साहित्यकार प्रेम भण्डारी सर्वसम्मत चयन हुनु भएको छ ।
शनिवार समाजको दोस्रो साधारणसभाले अध्यक्षमा ्रभण्डारीलाई सर्वसम्मत चयन गरेको हो । यसैगरी पाख्रीबास कला साहित्य समाजले सात सदस्यीय कार्य समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा अनन्त अनुराग, सचिवमा धु्रव एलेक्स, कोषाध्यक्षमा इन्दु केसी र सदस्यहरुमा इश्वर दाहाल, रोजा घिमिरे चयन हुनु भएको छ । यसैगरी समाजको संरक्षकमा रोशन परिवार र सल्लाहकारमा ओम प्रकाश घिमिरे, मुकुन्द प्रयास, सन्तोष मानन्धर रहनु भएको छ ।


पदाधिकारी चयन पश्चात पाख्रीबास कला साहित्य समाजले वृहत कविता कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा कवि प्रज्वल पुकारले सातवटा एकल कविता वाचन गर्नुभएको थियो । पाख्रीबास कला साहित्य समाजले विगत केही बर्षदेखि धनकुटाका कवि तथा साहित्यकारलाई एकै स्थलमा जमघट गराई साहित्यिक गतिविधि गर्दै आएको छ । खास गरेर ग्रामीण क्षेत्रमा रहेका कवि तथा साहित्यकारहरुको खोजी गर्ने, प्रोत्साहन गर्ने काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया